धादिङ बस दुर्घटनामा पाँचको मृत्यु

धादिङ । जिल्लाको धादिङबेंसी–सल्यानटार सडकखण्डअन्तर्गत नीलकण्ठ नगरपालिका–११ भकारेमा आइतवार साँझ बस दुर्घटना हुँदा पाँच महिलाको मृत्यु भएको छ ।

स्थानीय गोलाभन्ज्याङबाट खहरेतर्फ जाँदै गरेको ग१ख ३८०५ नम्बरको बस दुर्घटना हुँदा अन्य २० यात्रु घाइते भएको घाइतेको उद्धारमा संलग्न स्थानीय कुवेर धरेलले बताए । बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलमा ढिलोगरी प्रहरी पुगेकाले विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नियमित रुटको बस बिग्रेपछि त्रिपुरेश्वर बोर्डिङ स्कुलको बसले यात्रु बोकेर जाँदा दुर्घटनामा परेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार