बढ्दो हवाई दुर्घटनाप्रति उपराष्ट्रपति पुन चिन्तित


काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले बढ्दो हवाई दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले मंगलवार बाजुराको कोल्टी विमानस्थलमा सेनाका विमान दुर्घटना हुँदा ज्यान गुमाएका पाइलट महासेनानी कैलाश गुरुङ र गत जेठ १३ गते सोलुखुम्बुका लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै चिन्ता व्यक्त गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

उपराष्ट्रपतिले हवाई दुर्घटनामा ज्यान गुमाएका शोकाकुल परिवारजनमा गहिरो समवेदना र दुवै दुर्घटनामा घाइते हुनेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उपराष्ट्रपति पुनले नेपाली हवाई यात्रालाई सुरक्षित बनाउनेतर्फ ध्यान दिन सरकार र सम्बद्ध पक्षको ध्यानाकर्षणसमेत गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार