निर्वाचन मितिमा पुनःविचार गर्न साझा पार्टीको आग्रह


काठमाडौँ । साझा पार्टीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्तिम शुक्रवारका दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।

इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल–फित्रको समय पारेर चुनावको मिति राखिएकाले त्यसबारे अविलम्ब पुनर्विचार गर्न सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

पछिल्लो जनगणनाअनुसार नेपालमा १२ लाख बढी इस्लाम धर्मावलम्बी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार