मोरङकी निकिता चन्दक मिस नेपाल २०१७


काठमाडौं । मोरङकी निकिता चन्दकले १८ प्रतिस्पर्धीलाई उछिन्दै मिस नेपाल २०१७ को ताज पहिरेकी छन् ।

शुक्रवार साँझ सम्पन्न ग्रान्ड फिनालेमा प्रतियोगी नम्बर १४ की २२औं मिस नेपाल चन्दकलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिएकी थिइन् । उनले मिस वर्ल्डमा सहभागी हुन पाउनेछिन् ।

उनले सकारात्मक मानसिकताका साथै मिहिनेत गर्न सक्ने खुबीकै कारण आफू मिस नेपाल बन्न योग्य भएको दाबी गर्दै आएकी थिइन् । प्रशिक्षणक्रममा हामीले आफू जित्नका लागि प्रतिस्पर्धा गर्नुपर्छ, अरूलाई हराउन होइन भन्ने पाठ सिकेको बताउँथिन् । सबै प्रतिस्पर्धी उत्कृष्ट र सक्षम भएको निकिताको भनाइ थियो ।

यसैगरी, मिस नेपाल अर्थ रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल नीति शाह र मिस एसिया प्यासिफिक इन्टरनेसनलको उपाधि सहारा बस्नेतले हात पारेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार