गायक मुकारुङको ‘खुसी’ सार्वजनिक


काठमाडौं । गायक भीषण मुकारुङको ‘खुसी’ शीर्षाकृत गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

संगीतकारसमेत रहेका गायक मुकारुङको ‘चन्द्रमुखी’ गीतिएल्बममा समेटिएको सो गीतको म्युजिक भिडियो सङ्स नेपाल युट्युुब च्यानलबाट सार्वजनिक भएको हो ।

खुसीका गीतकार जीवन मुकारुङ हुन् भने संगीत गायक स्वयम्को रहेको छ । म्युजिक भिडियोमा एलिसा राई र निराजन प्रधानको अभिनय प्रशंसायोग्य छ । राई र प्रधानलाई मन्दिप राईले सघाएका छन् भने म्युजिक भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार