हट्यो २ नम्बर प्रदेशको निर्वाचन आचारसंहिता

काठमाडौँ । सरकारले २ नम्बर प्रदेशको निर्वाचन मिति परिवर्तन गरी आगामी असोज २ गते गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले यसअघि त्यस प्रदेशमा लगाइएको आचारसंहिता कायम नरहने जनाएको छ ।

दुई नम्बर प्रदेशका हकमा सम्बन्धित मन्त्रालयले नै सरुवा, बढुवा, नियुक्ति, काज, विदेश भ्रमणलगायतका विषयमा आवश्यक निर्णय लिन सक्ने गरी निर्वाचन आचारसंहितालाई अर्को व्यवस्था नभएसम्मका लागि हटाइएको आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

असार १४ गते निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ मा भने पूर्ववत् रुपमा आचारसंहिता कायम रहेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार