भारत स्वतन्त्रताका लागि नेपालको योगदान

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले भारतको स्वतन्त्रताका लागि नेपालका विभिन्न नेताले योगदान पु¥याएको बताएका छन् ।

इन्डो नेपाल फ्रेन्डसिप एन्ड इकोनोमिक कोअपरेसनले शुक्रवार गरेको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले भारतले अभ्यास गरिरहेको प्रजातान्त्रिक प्रणाली तथा आर्थिक विकासको स्वरुप नेपालले भारतबाट सिक्नुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले दुई राष्ट्रबीच परापूर्वकालदेखि कायम सम्बन्ध जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरीले दुवै देशबीच खुला सिमाना नै बलियो र पुरानो सम्बन्धको प्रतीक भएको दाबी गरे ।

कोअपरेसन प्रमुख संरक्षक डा. भीष्मनारायण सिंहले दुवै देशका नागरिकले शान्ति तथा समृद्धिको चाहना राखेको बताउँदै त्यसका लागि दुवै तहका शीर्षनेतृत्व क्रियाशील हुनुपर्ने सुझाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार