बाख्रा चराउन गएका दुई बालिकाको डुबेर मृत्यु

पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा शुक्रवार पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
गाउँपालिका–४ सोनवर्षाको कन्चनपुर गाउँमा रहेको खाल्डोमा जमेको पानीमा अपराह्न दुवै बालिकाको डुबेर मृत्यु भएको हो ।

बाख्रा चराउन घरबाट निस्किएका कन्चनपुरनिवासी नारायण पासवानकी १० वर्षीया छोरी उषाकुमारी पासवान र स्थानीय दरोगा पासवानकी नौ वर्षीया छोरी राधिकाकुमारी पासवानको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कन्चनपुरभन्दा एक किमि बाहिर सडक निर्माणका लागि खनिएको खाल्डोमा राति परेको वर्षाको पानी जमेको र सोही पानीमा दुवै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार