सबैलाई सहभागी गराउन २ नम्बर प्रदेश निर्वाचन स्थगित


झापा । काँग्रेसका युवा नेता गगन थापाले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन २ नम्बर प्रदेशको निर्वाचन मिति सारिएको बताएका छन् ।

नेपाल प्रेस युनियन, झापाद्वारा शुक्रवार आयोजित भेटघाट कार्यक्रममा नेता थापाले भने, ‘रणनीतिक तहमा काँग्रेसका लागि अप्रिय भए पनि देश र जनताको हितमा निर्वाचन मिति सारिएको हो ।’

काँग्रेस केन्द्रीय प्रचार–प्रसार समिति सहसंयोजकसमेत रहेका उनले आसन्न स्थानीय तहकोे निर्वाचनमा काँग्रेसको हरेक गतिविधिलाई जनतामाझ पु¥याउन सञ्चारकर्मीलाई आग्रह गर्दै जनतालाई निर्वाचनमा अधिकभन्दा अधिक सहभागी गराउन र निर्वाचनप्रति जनताको उत्साह बढाउन काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरबाट आमजनता लाभान्वित भएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार