पैसा खर्चेर निर्वाचन जित्ने प्रयास


दाङ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा केही शक्तिले पैसाको बलमा निर्वाचन जित्ने प्रयत्न गरिरहेको बताए ।

माओवादी केन्द्रले घोराही १३ मा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले त्यस्ता तत्वलाई जनताले परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहको निर्वाचन हुनु माओवादीका लागि निकै खुसीको कुरा भएको उल्लेख गर्दै माओवादी केन्द्रका नेता महराले कार्यसूचीका आधारमा माओवादी केन्द्रले विजय हासिल गरिसकेको जिकिर गर्नुभयो । उनले मधेसकेन्द्रित दललाई सहमतिमा लिएर मुलुकलाई समाधान दिन २ नम्बर प्रदेशको निर्वाचन सारिएको स्पष्ट पारे ।

‘निर्वाचन मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने हामीले त्यति ठूलो बनाउनुहुँदैन,’ उनले भने, ‘सारिएको मितिभित्र प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले० र राजपालाई सहमतिमा ल्याएर संविधान संशोधन गरिनेछ ।”

परराष्ट्रमन्त्रीसमेत रहेका महराले नेपालले छिमेकी मुलुकबीच सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने बताउँदै चीन र भारतको आर्थिक विकासबाट नेपालले फाइदा लिन सक्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार