सगरमाथा आरोही विश्वकर्मा र सुन्दास सम्मानित

काठमाडौं । सांसद रामेश्वर फुयाँलले सगरमाथा आरोहीद्वय विजय घिमिरे विश्वकर्मा र प्रकाश सुन्दासले मुलुकको विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । सांसद फुयाँलले शिल्पी (दलित) समुदायबाट पहिलोपटक सगरमाथा आरोहण गरेका विश्वकर्मा र सुन्दासलाई सम्मान गर्दै यस्तो बताएका हुन् ।

दलित समुदायको उत्थान र प्रवद्र्धन गर्न स्थापित सोलुखुम्बु विश्वकर्मा सेवा समाजले विश्वकर्मा र सुन्दासलाई सम्मान गरेको हो । सांसद फुयाँल र सोलुखुम्बु विश्वकर्मा सेवा समाज केन्द्रीय अध्यक्ष रुद्रबहादुर घतानीले आरोहीद्वयलाई ताम्रापत्रसहितको सम्मान गरेका थिए ।
सोलुखुम्बु दूधकुण्ड नगरपालिका–७ निवासी विजयले गत जेठ ८ मा बिहान ५ः५ बजे पासाङ ल्हामु गाउँपालिका–२ लुक्लानिवासी सुन्दासले सोही दिन बिहान ९ः२९ बजे सगरमाथा आरोहण गरेका थिए । दुई फरक टोलीमा रहेर सगरमाथा आरोहण गरेका विश्वकर्मा र सुन्दासले वर्षौंदेखिको सपना पूरा भएको बताए ।

समाज अध्यक्ष घतानीले आरोहीद्वय विश्वकर्मा र सुन्दासले इतिहास रचेको भन्दैै सिंगो शिल्पी समुदाय र पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरे ।
र्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार