ममताभन्दा सुन्दर ममता–२ का गीत (फोटो फिचरसहित)


काठमाडौं । गायिका ममता राईले व्यावसायिक रूपमा गीत गाउन थालेको आठ वर्ष भयो । संवत् २०६७ देखि व्यावसायिक रूपमा गीत गाउन थालेकी गायिका राईले आठ वर्षमा दुई गीतिएल्बम सार्वजनिक गरिसकेकी छन् ।

ममता–२ सार्वजनिकसँगै गीतिएल्बम ‘प्रमोसन’ मा व्यस्त उनले मुलुकका प्रमुख सहरका स्टेज प्रोग्रामबाट दर्शक तथा श्रोताको माया पाइसकेकी छन् । यसअघि ‘ममता’ गीतिएल्बम सार्वजनिक गरेकी बुइपा खोटाङनिवासी उनको ममता–२ मा समेटिएका दुई/चार गीत सर्वोत्कृष्ट रहेको भन्दै संगीतकार शान्तिराम राईले प्रशंसा गरेका थिए ।

गायिका मीरा राणाले ममता राई जति सुन्दर छिन्, उनले गाएका गीत त्योभन्दा सुन्दर रहेको चर्चा गरिन् । संगीतकार राई र गायिका राणाले पत्याएको गायिका ममता राईको ममता–२ मा समेटिएका गीतमध्ये ‘शिरैमा फूल मेरो’ शीर्षाकृत गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार