तेस्रो आँखा डटकम कार्यकारी सम्पादक इबन राई हलेसी–तुवाचुङ नगरपालिका मेयरमा निर्वाचित

दुर्छिम (खोटाङ) । तेस्रो आँखा डटकम कार्यकारी सम्पादक इबन राई हलेसी–तुवाचुङ नगरपालिका मेयरमा निर्वाचित भएका छन् । नवनिर्वाचित मेयर इबन राईको कार्यकाल कार्यकाल सफल र अर्थपूर्ण बनोस् तेस्रो आँखा डटकम परिवारको थुप्रै शुभकामना ।

नवनिर्वाचित राईले ४,३९७ मत पाएका थिए । उनको निकटम प्रतिद्वन्द्वी एमालेका खडेन्द्र राईले ३,९९७ मत प्राप्त गरेका हुन् ।

माओवादी केन्द्र मेयर उम्मेदवार हरिश्चन्द्र गिरीले १,६८६ र संघीय समाजवादी फोरम मेयर उम्मेदवार बच्चु राईले २४९ मत पाएको हलेसी–तुवाचुङ नगरपालिका कार्यकारी अधिकृत अनिल किरातीले जानकारी गराए ।

यसैगरी, हलेसी–तुवाचुङ नगरपालिका उपमेयरमा काँग्रेसकी बिमला राई निर्वाचित भएकी छन् । नवनिर्वाचित उपमेयर राईले ४,४९६ मत पाएकी थिइन् । उनका निकटम प्रतिद्वन्द्वी मनीषा राईले ३,९२२ मत पाएकी हुन् भने माओवादी केन्द्रकी उपमेयर उम्मेदवार कल्पना राईले १,६३२ मत पाएकी हुन् ।

संघीय समाजवादी फोरमकी मनुकुमारी राईले २८५ मत पाइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार