बिदामा पनि मतदाता नामावली संकलन

राजविराज । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिको संकलन थालेको छ ।

मतदाता नामावली संकलनको पहिलो दिन आइतवार १०० जना र मंगलवार १०४ महिला, पुरुष गरी २०४ जना छुटेकाको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरी प्रमुख महेशकुमार ठाकुरले जानकारी दिए ।

यो काम साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय सप्तरीमा कुनै पनि बिदामा कार्यालय समयभन्दा एक घन्टा अगाडि र एक घन्टा पछाडि अर्थात् शुक्रवारबाहेक अरु दिन पनि बिहान नौदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख ठाकुरले बताए। यसका लागि कार्यालयमा दुई कम्प्युटर अपरेटरसमेत खटाइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार