प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् ।

लामो समयदेखि आफ्नो निजी सचिवका रुपमा रहेका भानुलाई मंगलवार प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले आजै वीरेन्द्र थापालाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले यसअघि परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराई, प्रेस संयोजकमा गोविन्द परियार र स्वकीय सचिवमा केशव जोशीलाई नियुक्त गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार