प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकार सञ्चालन, मन्त्रालयको बाँडफाँड र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका शीर्षनेता सम्मिलित बैठकमा थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी बनेको छ ।

बुधवार पुनः नेताहरुको बैठक बसी छलफललाई अन्तिम रुप दिइने बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, काँग्रेस नेता विमलेन्द्र निधि र रमेश लेखक सहभागी थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार