बस दुर्घटनामा दुई महिलाको मृत्यु

 

हेटौँडा । त्रिभुवन राजपथको खानेगाउँनजिक मंगलवार भएको बस दुर्घटनामा परी दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुर कैलाश गाउँपालिका–६ का ३५ वर्षीया कमला दोङ र सोही गाउँपालिका–२ का ३० वर्षीय कुल्साङ तामाङ रहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

मकवापुरको गोगनेबाट काठमाडौँतर्फ गइरहेको ना४ख ४५६७ नम्बरको यात्रुवाहक बस त्रिभुवन राजपथको खानेगाउँनजिक अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुघर्टनमा परी घाइते ३९ यात्रुलाई उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार