करेन्ट लागेर दोलखामा दुईको मृत्यु


दोलखा । रामेछापको गोकुलगंगा गाउँपालिकामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका–५ नामाडीका ३६ वर्षीय रेवती खड्का र ४५ वर्षीया सर्मिला खड्का छन् । सोही घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

खेतबाट फर्किनेक्रममा आइतवार राति करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि दोलखाको जिरी अस्पतालमा पुर्याउनेबित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए । करेन्ट लागेर घाइते ३० वर्षीया भीमकुमारी खड्काको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

साबिक नामाडी गाविसस्थित थलारी पोखरीका तीनैजनालाई खेतमा काम गरी घाँस लिएर फर्कंदै गर्दा चुँडिएर पोलमा अड्कििएको बिजुलीको तारबाट करेन्ट लागेको स्थानीयले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार