नेपाल भ्रमण गर्ने बङ्गलादेशका राष्ट्रपतिको चाहना

 

काठमाडौँ । बङ्गलादेशका लागि नेपाली राजदूत प्रा.डा. चोपलाल भुसालले त्यहाँका राष्ट्रपति अब्दुल हमिद समक्ष मंगलवार ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

बङ्गलाबन्धु भवनमा एक समारोहबीच प्रा.डा. भुसालले ओहोदाको प्रमाणपत्र बुझाएको बङ्गालादेशस्थित नेपाली दूतावासले जनाएको छ । समारोहमा दुवै देशको राष्ट्रियगान बजाइएको थियो ।

सो अवसरमा राष्ट्रपतिसँगको भेटमा राजदूत भुसालले नेपाल–बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहनलगायत विषयमा छलफल गरेका थिए । भेटमा बङ्गलादेशका राष्ट्रपति हमिदले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने राजदूत भुसाललसँग इच्छा व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार