लागूऔषधसहित भक्तपुरबाट दुई पक्राउ

भक्तपुर । लागूऔषधसहित प्रहरीले मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट मंगलवार दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप गोठपाने घर भई ललितपुर टीकाथली बस्ने २२ वर्षीय सुमन कार्की र रामेछाप मन्थली घर भई पुरानोबानेश्वर बस्ने २० वर्षीय प्रवीण लामा रहेका छन् ।

बा ४० प ७५५८ नम्बरको स्कुटरमा राखेर लागूऔषध लैजाँदै गरेको अवस्थामा प्रहरीले चेक गरी उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाले बताए ।

उनीहरुको साथबाट एम्पुल, लुपिजेसिक, फेनारगन, डाइजाल्याब, एभिल ८३ थान, एपाकडोल २५० थान, अल्कोहल स्वाब ५३ थान, सिरिन्ज ६ र मोबाइल दुई थान बरामद गरेको प्रहरी नायब उपरीक्षक ओलीयाले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार