अलग अभियानको असार शृंखलामा साहित्यकार किराती

ललितपुर । वरिष्ठ साहित्यकार जसराज किराती र लोकप्रिय गायक संगीतकार नरेन्द्र प्यासीको विशेष उपस्थिति र प्रस्तुतिसहित अलग अभियानको असार शृंखला सम्पन्न भएको छ ।

असार शृंखलामा कवि किरातीले सदावहार गीतका लागि गायक प्यासीको प्रशंसा गर्दै ‘अलिकता’, ‘मानचित्र’, ‘सङ्कल्प’, ‘यो सहरमा’ शीर्षाकृत कविता सुनाए ।

गायक तथा सङ्गीतकार प्यासीले ‘के भुल भो प्रिय’, ‘एउटा परदेशी आई’, ‘तिमीविनाको जीवन’, ‘मेरो पछि रुने नै को छ र’,

‘किनारमै डुबिसकेँ’ बोलका गीत सुनाए । आभा मुकारुङले जसराज किरातीको शब्दलाई मण्डल साम्पाङको संगीतमा ‘मैले आस मागेँ’ बोलको गीत सुनाइन् । सानु सुनारले पनि साम्पाङकै शब्द–संगीतमा ‘बादलझैँ उडूँ भन्छु’ बोलको गीत सुनाइन् । वाद्यवादनअन्तर्गत तबलामा यमकुमार समाल, गितारमा आकाश गोर्खाली र हार्मोनियममा मण्डल साम्पाङले साथ दिएका थिए ।

यसैगरी, पेसल राई, प्रज्ज्वल अधिकारी, उदिम किराती र विनोद बान्तावाले कविता वाचन गरेका थिए । अलग अभियानले प्रत्येक महिनाको अन्तिम शनिवार साहित्य र संगीत शृंखला गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार