अमेरिकामा आदिवासी चलचित्र महोत्सव

दिवस कोयू

अमेरिका । आदिवासी जनजाति महासंघ अमेरिकाको आयोजनामा आगामी अगस्त २५ देखि २७ गतेसम्म न्युयोर्कमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने भएको छ ।

तीन दिनसम्म हुने महोत्सवले आदिवासी तथा सीमान्तकृत जनजातिका कला, भाषा र संस्कृति जगेर्ना गर्दै यसको पहुँच/विस्तार लक्ष्य लिएको छ । महोत्सवमा आदिवासीका भेषभूषा, मातृभाषा, मौलिकता, संस्कृति र पहिचानका चलचित्र समावेश हुनेछन् ।

नौ विधामा नगद पुरस्कार प्रदान गरिने महोत्सवका लागि ३५ चलचित्र दर्ता भइसकेको आयोजकले जनाएको छ । पाँच वर्षभित्र बनेका चलचित्रमध्ये प्रत्येक जातिका पाँच चलचित्र सम्बन्धित जातिका आधिकारिक संस्थाबाट सिफारिस हुनुपर्ने प्रवधान छ । ती चलचित्रमध्येबाट प्रत्येक जातिका दुईबाट उत्कृष्ट चलचित्रलाई मात्र महोत्सवमा समावेश गराइनेछ ।

‘मूलधारको चलचित्रका जगजगीमा आदिवासीका कथा समावेश चलचित्र बनाउँदै, नयाँ पुस्तालाई समेत शिक्षित गर्दै लैजानुपर्छ,’ महोत्सव संयोजक मणि वाङ्देलले भने, ‘आदिवासीका पहिचान, मैलिकता र संस्कृति संरक्षण गर्दै अधिकार प्राप्तिको आन्दोलनलाई चलचित्रका माध्यमबाट अगाडि बढाउनुपर्छ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार