इजरायलमा पर्यटन प्रवद्र्धन गर्न बस्नेत सद्भावना दूत नियुक्त

16128325_10210113281381886_145378743_nनेपाल पर्यटन बोर्डले इजरायलमा पर्यटन प्रवद्र्धन गर्न साहित्यकार भगवती बस्नेतलाई पर्यटन तथा सांस्कृतिक सद्भावना दूत नियुक्त गरेको छ ।
११ वर्षदेखि इजरायलमा रहेर नेपाली भाषा, कलासाहित्य र समाजसेवामा समर्पित रहँदै आउनुभएकी नवनियुक्त पर्यटन दूत साहित्यकार बस्नेतले इजरायलमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने बताउनुभयो । त्रिभुवन विश्वविद्यालयबाट टुरिजम एन्ड डेभलपमेन्टमा स्नातक गनर््भएको उहाँले इजरायलमा रहे पनि डायस्पोराका दर्जनौं सामाजिक सङ्घ÷संस्थाको माध्यमबाट नेपाल र नेपालीको हितका लागि सक्रिय हुनुहुन्छ ।
उहाँले नेपालमा प्राकृतिक प्रकोप र असहायका लागि एकल र सामूहिक रूपमा उल्लेख्य सहयोग गर्दै आउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ इजरायल पूर्वआईसीसी सदस्यको भूमिका निर्वाह गरिसक्नुभएको उहाँले पर्यटनसम्बन्धी नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउुनभयो । इजरायलमा रहेको नेपाली दूतावास, एनआरएन इजरायल, इजरायलमा स्थापित सामाजिक, धार्मिक र सांस्कृतिक सङ्घ÷संस्थाको साथ र सहयोगले नेपालको पर्यटन प्रवद्र्धन गर्न लागिपर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । भन्नुभयो, ‘इजरायल र नेपालबीच पर्यटन विकास र विस्तारका लागि आफूले सम्बन्धित निकायसँग उच्चस्तरीय पहल गर्नेछु ।’ नेपाल पर्यटन बोर्डले उहाँलाई २०१७ जनवरी १२ देखि २०१८ डिसेम्बरसम्म लागू हुनेगरी पर्यटनदूत बनाएको हो ।
लामो समयदेखि नेपाली कलासाहित्य क्षेत्रमा समर्पित गीतकार, गजलकार, कथाकार, कवियत्री, मुक्तककार भगवती बस्नेतका चार पुस्तक सार्वजनिक भइसकेका छन् । उहाँले नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाली कला, संस्कृति, साहित्य र सामाजिक कार्यलगायत सांस्कृतिक कार्यक्रम गरेको अनुभव छ ।
सन् १९६० जुन १ मा इजरायल र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरायलसँग दौत्यसम्बन्ध कायम गर्ने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । १९८६ मा नेपालमा इजरायली दूतावास स्थापना भएदेखि सालिन्दा ७ हजार इजरायली नेपाल भ्रमणमा आउने तथ्याङ्क छ । नेपाल÷इजरायलबीच दौत्यसम्बन्ध कायम भएको वर्ष दिन नबित्दै इजरायलले काठमाडौँमा दूतावास स्थापना गरेको थियो भने नेपालले सन् २००७ मा इजरायलमा नेपाली दूतावास खोलेर मुलुकको राष्ट्रिय हित प्रवद्र्धन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार