१२ को परीक्षा दिने एयर होस्टेसमा योग्य

काठमाडौं । कक्षा १२ को परीक्षा दिएर फुर्सदमा बसेका युवकयुवतीको रहरको विषयमध्ये एयर होस्टेसको ‘क्रेज’ बढ्दो छ ।
काठमाडौंको कमलादीस्थित नेपाल एयर होस्टेस एकेडेमीमा सयौं विद्यार्थी चार महिनाको तालिम लिइरहेका छन् । उनीहरू विभिन्न कलेजमा कक्षा १२ को परीक्षा दिएर विभिन्न जिल्लाबाट काठमाडौंमा तालिम लिइरहेका छन् ।

यस्ता प्रशिक्षणमा प्रयोगात्मक शिक्षामा बढी जोड दिने भएकाले अध्ययनका लागि सजिलो र रमाइलो हुने एकेडेमी सीईओ प्रदीपराज वन्तले बताए । चार महिनाको अवधिमा उनीहरूलाई एयर होस्टेसले काम गर्नुपर्ने विषयको जानकारी, पौडी, शारीरिक तन्दुरुस्तीका लागि व्यायाम, आकास्मिक उपचारसम्बन्धी जानकारी, पर्यटनसम्बन्धी शिक्षा र प्रत्यक्ष रूपमा पोखरा विमानस्थलको अवलोकन र विमानमा कसरी यात्रुलाई सेवा गर्न प्रत्यक्ष रूपमा तालिम दिइन्छ ।

सुनसरीबाट तालिम लिन आएकी विमु लिम्बू भन्छिन्, ‘एकेडेमीमा दक्ष तथा अनुभवी शिक्षक भएकाले हामीलाई अध्ययन गर्न पनि सजिलो भएको छ । शिक्षकशिक्षिका पनि साथीजस्तै हुनुहुन्छ । पढाइमात्र होइन, प्रयोगात्मकमा समेत रमाइलो भइरहेको छ ।’

तालिम गरिरहेकाहरू १२ कक्षा उत्तीर्ण भएमा नेपाललगायत विभिन्न देशको विमान कम्पनीमा स्वयम् एकेडेमीको पहलमा जागिरका लागि आवेदन दिन सकिन्छ । हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीमा थुप्रैले एयर होस्टेसको जागिर खाइरहेको वन्त बताउँछन् ।

 

 

 

नेपाल यएर होस्टेस एकेडेमीमा अध्ययनरत विद्यार्थी तालिमका लागि पोखरा विमानस्थलको अवलोकन तथा बुद्ध एयरको विमानमा प्रशिक्षणसँगै यात्रा गर्दै ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार