डा. केसी : हामी तिम्रो साथ छौं

सुरेश यक्सो

हो
म चुप बसेकै हो
थाहा नपाएर चुप बसें
बुझेर, बुझ्पचाएर चुप बसें
कोही बोलिदिन्छन् कि भनेर चुप बसें
कसैले साथ दिन्छन् कि भनेर चुप बसें
त्यो मेरो लडाईं होईन भनेर चुप बसें
ऊ कराई रह्यो, म तमासा हेरेर चुप बसें ।

हो म चुप बसेकै हो
किनकी ऊ मेरो जातको थिएन
ऊ मेरो पार्टीको थिएन
ऊ मेरो धर्मको थिएन
दूरदूरसम्म नाता केलाएं,
अहँ ऊसँग केही सम्बन्ध थिएन
उसले सबैको लागि हो भन्यो, म नसुने झैं बसें ।

सुरेश यक्सो

हो म चुप बसें
किनकी म बिरामी छुइनं
मेरा परिवार बिरामी छैनन्
बिरामी भएर धनसम्पत्ती सक्नु परेको छैन
उपचार गर्न नसकेर कसैसँग,
जिन्दगीको भिक माग्नु परेको छैन ।
तर पनि ऊ मेरो लामो आयुको कामना गरिरह्यो ।

तर आज
ढुङ्गा माटो बोलिरहेछ
हावा पानी रूख सब बोलिरहेछ
आवाजविहिन पनि ईशारा गरिरहेछन्
अब नबोल्नु भनेको नयाँ पिंढिको जीवन बर्बाद गर्नु हो
अब साथ नदिनु भनेको मेडिकल माफिंयाहरूको समर्थन गर्नु हो
अब अरूलाई नघच्घच्याउनु भनेको ती माफियाहरूसँग बिक्नु हो ।

भोलि कसले देखेको छ र ?
अब चुप बस्नु भनेको आफ्नो चिहान आँफै खन्नु हो
बस् तपाईं अघि कि म अघि भनि पालो कुर्नु हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार