मनको गहिराइमा पुग्न नखोज सार्वजनिक, आमाबाबु र छोरीको अभिनय

 

काठमाडौं । गायिका यदु राई लकान्द्रीको ‘मनको गहिराइमा पुग्न नखोज’ शीर्षाकृत गीत हालै सार्वजनिक भएको छ ।
इन्दिरा प्रयासको शब्द र रमेश संग्रौला संगीतबद्ध सो गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको हो । संगीतकार संग्रौलाकै निर्देशनमा निर्मित म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको थियो ।

रवीन शंकरको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको म्युजिक भिडियोमा कलाकार सरला थापा र दीपक चाम्लिङले अभिनय गरेका छन् । म्युजिक भिडियोमा चाम्लिङ, गायिका राई र बालकलाकार एल्पिज राईले अभिनय गरेकी छन् । मोडेल चाम्लिङ, गायिका राई र बालकलाकार एल्पिज एकै परिवारका सदस्य हुन् । भिडियोमा अजय र एलेक्सले समेत अभिनय गरेका छन् ।

दिया मिडिया प्रालिको प्रस्तुति भिडियोको अडियो ओपल रेकर्डिङ स्टुडियोमा तयार पारिएको हो । गायिका यदु राईले संगीतमा डिप्लोमा, तबलामा पाँचौं वर्षसम्मको अध्ययन गरेकी छन् । हेर्नुहोस भिडियोसहित ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार