चिनियाँ उपप्रधानमन्त्री वाङ काठमाडौँमा

काठमाडौँ ।  चिनियाँ  उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली तीनदिने औपचारिक भ्रमणका सोमवार साँझ नेपाल ओर्लेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण तत्काल नहुने भएपछि उनको विशेष दूतका रूपमा उपप्रधानमन्त्री वाङ राष्ट्रपति सीको विशेष सन्देश लिएर काठमाडौं ओर्लेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले स्वागत गर्नुभयो । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चिनियाँ राजदूत यु होङ तथा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृत र चिनियाँ दूतावासका कर्मचारीले विशिष्ट पाहुनालाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार