भात लागेर भसक्कै

डा. दीपेन्द्र रोकाया

बिहानभरि सिमसिम पानी प¥यो । निथु्रक्कै भिज्याँै । झार जंगलले कोरेर जिउ पोल्न र चिलाउन थाल्यो । दूधकोसी किनारैकिनार चार घन्टा हिँड्दा पनि पिउनेपानी पाइएन । तिर्खा निकै लाग्यो । यस्तो बेला सुनकोसी नजिकै बगेको छ भनेर मात्र के गर्नु ? चिप्लियो भने कोसीले बगाउनेवाला छ । जोखिम उठाएर पानी पिउन जाउँ भने बाढी आएकाले पानी धमिलो छ । वास्तवमा नेपालमा स्रोत सम्पदाको कमी होइन तर त्यसलाई उपयोग गर्ने काम भएको छैन ।

मुुख सुक्यो । घाँटी सुक्यो । आँतै सुक्यो । झारपातको ओस चाटेर के पुग्थ्यो र तर दूधकोसी हेर्ने र ओठ चाट्ने काम भइरह्यो । सवाल पानीको मात्र होइन, भोकको पनि थियो । आँखै तिरिमिरी

हुने भइसक्यो तर गाउँ भेटिएन । जुन ठाउँको आस गरेका थियौं त्यहाँ कोही पनि भेटिएनन् । बाटामा भेटिएका गोठालासित एक ढिको नुन मागेँ । त्यही नुन पनि बाँडेर चाट्यौँ । त्यसले अलिकति सास फेर्न सजिलो बनायो ।

खाना खाने हो भने खोटाङको हैदे गाउँ पुग्नुपर्ने रहेछ । त्यहाँ नगए खाना खानै नपाइने भयो । त्यहाँ जानलाई उकालो चढ्नुपर्ने रहेछ । डेढ घन्टाको उकालो चढेर हैदे पुग्दा खाने मेसो केही गरे पनि मिलेन । तर, सुवासजीको जुक्तिले चामल किनियो । बारीका मकैतिर हाम्रा आँखा परे । भोक मेट्न ५० रुपैयाँको मकै किन्यौँ । त्यसपछि एकघरको गुन्द्रुक, अर्काे घरको चामल, अर्काे घरको नुन, तेल अनि अर्काे घरको पानी जम्मा गरेर तीन बजे मात्र खाना पाक्यो । भोक मीठो त भयो तर खाना लाग्यो । सबै रक्सी खाएजस्ता पो भयौँ । जहाँको तहीँ लम्पसार हुन थालेछौं । थकाइले एक पाइलो चाल्न मन लागेन । तर, पार्टी र क्रान्ति जटिल मोडमा भएकाले केही घन्टा वरपर हुनुले परिस्थितिमा उतारचढाव आउन सक्थ्यो । त्यसैले बाटो लाग्यौँ ।

डेढ घन्टाको उकालो चढेर हैदे पुग्दा खाने मेसो केही गरे पनि मिलेन । तर, सुवासजीको जुक्तिले चामल किनियो । बारीका मकैतिर हाम्रा आँखा परे । भोक मेट्न ५० रुपैयाँको मकै किन्यौँ ।

क्रान्तिकारी पार्टीको नीति तथा कार्यक्रम जनताले कस्तो मान्दै छन् ? जनतालाई माओवादी हाम्रा लागि लडिरहेको छ भन्ने लागेको छ कि छैन ? भन्ने सवाललाई लिएर सुवासजी र मैले लामै छलफल गर्यौं । बाटो काट्नका लागि चलाएको छलफलको निष्कर्षमा ‘माओवादीको विकल्पमा अर्को क्रान्तिकारी पार्टी नभएको र क्रान्तिको प्रस्थापना व्यवहारद्वारा प्रस्ट पार्नुपर्ने भएकाले हामीले थप दुःख गर्न परिरहेको छ’ भन्नेमा पुग्यौँ । छलफल गर्दै हिँडेकाले हामीले सोचेभन्दा धेरै हिडेछौँ । जूनेली साँझ रुपाटार पुग्यौँ । यहाँबाट हामीले स्टुडियो बनाएको ‘नगरेडाँडा’ प्रस्ट देखिन्थ्यो । मेरो व्यक्तिगत जीवन र हाम्रो रेडियो टोलीका लागि नगरेडाँडा एउटा उल्लेख्य इतिहास भएको छ । मेरा महत्वपूर्ण दिनहरू बितेका छन् यसै डाँडामा । अनि नगरेडाँडाआसपासका सोझासिधा शेर्पा र तामाङहरू मेरो हृदयभरि कुँदिएका छन् । मानौँ शिलान्यासमा कुँदिएका अक्षरहरूजस्तै ।

एउटा अमिट छाप बनेको छ मेरो मनमा । नगरेडाँडा जति उचाइमा छ, त्यसवरिपरिका साम्के, राम्चे, भालेबासका जनताको न्यानो माया पनि त्यही उचाइमा छ । सात समुद्रपारि पुग्दा पनि भुल्न नसकिनेखालको । यो बस्तीसँग मेरो व्यक्तिगत जीवनको ऐतिहासिक सन्दर्भ पनि जोडिएको छ । यसै चुचुरोमा मैले र समीक्षाजीले नयाँ जीवन सुरुवात गरेका थियौँ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार