पत्रकार महासंघ २५औं अध्यक्षमा आचार्य निर्वाचित

 


काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं अध्यक्षमा पत्रकार गोविन्द आचार्य निर्वाचित भएका छन् । प्रेस सेन्टर, प्रेस युनियन र प्रगतिशील पत्रकार संघको संयुक्त समूहबाट आचार्य महासंघ अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल १ हजार ५ सय ८ मतदातामध्ये १ हजार ४ सय ४९ मत खस्दा उनले ७३२ मत पाएका थिए । नेपाल पत्रकार महासंघ २५औं अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन् । पदाधिकारीमा आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आएको छ । महाधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । सार्वजनिक मतपरिणामअनुसार गोविन्द आचार्य समूह अग्रस्थानमा रहेको छ । सार्वजनिक मत परिणाम यस्तो छ ।

१ नम्बर प्रदेशबाट प्रेस चौतारीका सटेन्द्र जबेगू र प्रेस युनियनका उद्धव तिमिल्सना विजयी ।

२ नम्बर प्रदेशबाट प्रेस सेन्टरका देवकुमार यादव र प्रेस युनियनका शैलेन्द्र झा विजयी ।

३ नम्बर प्रदेशमा तीर्थ कोइराला प्यानलका कृष्ण गिरी र द्वारिका काफ्ले विजयी ।

४ नम्बर प्रदेशबाट प्रेस चौतारीका रामकृष्ण ज्ञवाली र प्रेस सेन्टरका नवीन कुइँकेल विजयी ।

५ नम्बर प्रदेशबाट गोविन्द आचार्य प्यानलका वसन्त गिरी र पुरुषोत्तम सुवेदी विजयी ।

६ नम्बर प्रदेशबाट गोविन्द आचार्य प्यानलका कलेन्द्र सेजुवाल र पूर्णप्रसाद चौलागाईं विजयी ।

७ नम्बर प्रदेशबाट प्रेस युनियनका मीन बम विजयी । प्रेस सेन्टरका श्याम भट्ट र प्रेस चौतारीका उत्तर विष्टको मत ४५/४५ ।

यसैगरी, उपत्यकाबाट गोविन्द आचार्य प्यानलका लेखनाथ न्यौपाने र तीर्थ कोइराला प्यानलका गोविन्द चौलागाईं विजयी ।

कुल १ हजार ५ सय १५ मतदातामध्ये १ हजार ४ सय ४९ ले मात्र मतदान गरेका थिए । ६६ सभासद् अनुपस्थित रहेका थिए ।

प्रदेश १ जम्मा १६१, खसेको १६०

प्रदेश २ जम्मा ९६, खसेको ९४

प्रदेश ३ जम्मा १४१, खसेको १३७

प्रदेश ४ जम्मा ११२, खसेको १११

प्रदेश ५ जम्मा १९२, खसेको १८५

प्रदेश ६ जम्मा ९५, खसेको ८२

प्रदेश ७ जम्मा ११३, खसेको १०६

प्रदेश ८ (उपत्यका)  जम्मा २३०, खसेको २२५

प्रदेश ९ (प्रतिष्ठान)  जम्मा २७७, खसेको २६३

प्रदेश १० (एशोसियट) जम्मा ९१, खसेको ८६

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार