तेस्रो आँखा डटकम सहसम्पादक राजु राईद्वारा नेचा–सल्यान गाउँपालिकामा मण्डली निर्माण


सोलुखुम्बु । दक्षिण कोरियामा कार्यरत राजु राईको एकल प्रयासमा नेचा–सल्यान गाउँपालिका–२ दोदीमा नयाँ दोदी मण्डली भवन निर्माण गरिएको छ।

मण्डली भवन निर्माणका लागि स्थानीय पोकसिंह राईले जग्गा दिएका थिए।

गाउँपालिकाका निर्वाचित प्रतिनिधि, काठमाडौं र सोलुखुम्बुका पास्टर, स्थानीय प्रहरी र स्थानीयको उपस्थितिमा केही समयअघि मण्डली उद्घाटन गरिएको हो । मण्डली अर्पणको सुरुको प्रार्थना काठमाडौंका प्रेसियस कपन चर्चका पास्टर कमला महर्जनले रिबन काटेर उदघाट्न गरेकी थिइन् । उद्घाटन कार्यक्रमको सञ्चालन राजु राईले गरेका थिए भने पाहुनाको स्वागत जंगी राई र स्थानीय अगुवा सीता राईले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

नेले अनुग्रह मण्डलीका पास्टर तथा शिक्षक सामुएल सुनुवारले आशिषमय वचन दिएका थिए । यसैगरी, काठमाडौं प्रेसियस कपन चर्चका उषा, कविताले उडिरहुँ उडिरहुँ लाग्यो ख्रिष्टको प्रेममा बोलको गीतमा नृत्य गरेका थिए । कविता श्रेष्ठले नेपाली भाका भन्ने बोलको गीत  र पास्टर कमला महर्जनले ख्रिष्टको अनुग्रहको मण्डली बोलको गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन दिएकी थिइन् ।

नेचा–सल्यान गाउँपालिका–२ का निवाचित वडा अध्यक्ष भेषकुमार बास्तोलाले आफ्नो पहुँचले पुग्ने र आफ्नो मातहतमा रहने विकासको काममा पक्षपात नगरी मण्डलीलाई सहयोग गर्ने बताए ।

गुन्सा अनुग्रह चर्चका पास्टरले अन्तिम प्रार्थना गरी कार्यक्रम समापन गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार