संस्कृतिविद् जोशी भन्छन्– भाषा बाँचे जाति रहन्छ

 

भक्तपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले दूरदृष्टिसाथ लक्ष्य लिएर आफ्नो कला संस्कृति बचाउनेतर्फ ध्यान जानुपर्ने बताएका छन् ।

महाकवि सिद्धिदास महाजूको १५० औँ जन्मजयन्ती अवसरमा सिद्धिदास प्रतिष्ठान भक्तपुरद्वारा आयोजित गोष्ठीमा जोशीले मुलुकका भाषा, कला संस्कृति र धर्मको संरक्षणका लागि जागरण ल्याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रा. राजनलाल जोशीले ‘सिद्धिदासको साहित्यमा प्रगतिशील पक्ष’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै महाजू बहुविवाहविरुद्ध त्यतिखेरदेखि नै कडा रुपमा प्रस्तुत हुने गरेको, छोराछोरीलाई सम्मान शिक्षादीक्षा दिनुपर्नेमा जोड दिने गरेको र कोही पनि व्यक्ति अन्धविश्वासमा रहन नहुने र प्रत्येक व्यक्ति कर्मशील हुनुपर्ने बताएको उल्लेख गरे ।

अधिकारकर्मी मल्ल के सुन्दरले महाकवि सिद्धिदासले आफ्नो साहित्यआर्फत राजनीतिक, भाषिक र सांस्कृतिक क्षेत्रमा गरेको योगदानबारे बताए ।

प्रतिष्ठान अध्यक्ष नरेन्द्रभक्त हाडाले राणाहरुको अत्याचारविरुद्ध साहित्यमार्फत जनतालाई सचेत गराउने गरेको, “भाषा म्वासा जाति म्वाइ’ भाषा बाँचे मात्र जाति रहन्छ भनी सचेत गराए । सो अवसरमा तुयुबहादुर महर्जनद्वारा लिखित ‘सिद्धिदास कोष’ नामक पुस्तकको विमोचन गरिनाका साथै प्रतिष्ठान स्थापनाका लागि सहयोग पुर्याउने कैलाशभक्त प्रधानाङ्ग, प्राज्ञ ध्रुव मधिकर्मी, कलाकार रामशेखर नकर्मीका छोरालगायतलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार