म्युजिक भिडियोविनाको गीत अर्थहीन

 

घरमा बिहानदेखि बेलुकासम्म रेडियो बज्थ्यो । बुवाले रेडियो सुन्थे । रेडियोबाट प्रसारित गीत गीतकार संगीता राई बायुङले समेत ध्यानपूर्वक सुन्थिन् । गीतकार बायुङलाई गीत सुन्दा आनन्द लाग्थ्यो ।

त्यतिबेला उनले आफ्नो आवाज सुन्न टेप रेकर्डमा रेकर्ड गर्थिन् । बेलायतनिवासी उनको ‘फूलजस्तै लाग्थ्यो माया’ गीतिएल्बम सार्वजनिक भएको छ । प्रस्तुत छ गीतकार संगीता राई बायुङसँग तेस्रो आँखा डटकमले गरेको कुराकानी ।

गीत कुन समय लेख्न उपयुक्त ठान्नुहुन्छ ?

धेरै दुःखी र खुसी भएको समय गीत लेख्न मन लाग्छ ।

सुनुँसुनुँ लाग्ने नेपाली गीत ?

‘मलाई नसोध कहाँ दुख्छ घाउ’ ।

सबैभन्दा धेरै गुनगुनाउने गीत ?

‘चोट के हो, व्यथा के हो मजस्तो घाइतेलाई सोध’ ।

म्युजिक भिडियोविनको गीत परिकल्पना गर्न सकिन्छ ?

अहिलेको जमानामा म्युजिक भिडियोविनाको गीत अर्थहीन लाग्छ । गीत हेर्ने चलन आयो । सुन्ने चलन हरायो ।

नेपाली र विदेशी गीतको सामथ्र्य कति फरक होला ?
नेपाली र विदेशी गीतको सामथ्र्यमा आकाश/जमिनको फरक पाइन्छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार