किरात राई प्रज्ञा परिषद् कुलपतिमा जयकुमार


काठमाडौं । किरात राई प्रज्ञा परिषद् कुलपतिमा जयकुमार राई चयन भएका छन् । परिषद्को दोस्रो गठनसभाले राईलाई कुलपति चयन गरेको हो ।

११ सदस्यीय परिषद् उपकुलपतिमा डा. नेत्रमणि राई र सदस्यसचिवमा डा. तारामणि राई चयन भएका छन् ।
यसैगरी, परिषद् सदस्यमा डा. कैलाश राई, गणेश वाम्बुले राई, भोगीराज चाम्लिङ, प्रवीण पुमा, पदम राई, पार्वती राई, शान्तिराम राई र शालिक शतासक राई रहेका छन् ।

किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति कार्यवहाक अध्यक्ष दिवस राईको उपस्थितिमा परिषद् सदस्य शालिक शतासक राईद्वारा निर्देशित ‘किरात राई’ वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार