राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन पौडेलको आग्रह

काठमाडौँ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनता पुनः एकपटक राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुन आग्रह गरेका छन् ।

काँग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ लाई लक्षित गर्दै गरेको घोषणापत्र तयारी सुझाव संकलन कार्यक्रम सम्बोधन गर्दै पौडेलले काँग्रेस निरंकुश राणा शासन, पञ्चायती व्यवस्था, दक्षिणपन्थी र दरबारिया शक्तिसँग लड्दै आएको नेपालको ऐतिहासिक पार्टी भएकाले यसको इतिहास कसैले मेट्न नसक्ने दाबी गरे ।

कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुन नसक्ने बताउँदै नेता पौडेलले कम्युनिस्ट अधिनायकवादविरुद्ध लोकतन्त्रवादी संगठित हुनु आजको आवश्यकता भएको विचार व्यक्त गरे। काँग्रेसको घोषणपत्रमा सुशासन, निमुखालाई न्याय र विपन्नलाई आय, कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सहकारी, शिक्षा, स्वास्थ्यसम्बन्धी विषय समेट्न उनले सुझाए।

काँग्रेस नेता महेश आचार्यको संयोजकत्वमा तयार हुने काँग्रेस घोषणपत्र, २०७४ मा समेट्नुपर्ने विषयमा काँग्रेसनिकट विभिन्न पेसागत संघले रचनात्मक सुझाव दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार