वाम एकताको सहमति एमालेबाट अनुमोदित

काठमाडौँ । एमाले स्थायी कमिटी बैठकले माओवादी केन्द्र र नयाँ शक्ति नेपालसँगको चुनावी तालमेल र एकताको सहमतिलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

गत असोज १७ गते एमाले र ती दुई दलबीच भएको सहमतिलाई वाम एकताको सन्दर्भमा ऐतिहासिक घटना भएको भन्दै बैठकले कार्यान्वयनमा दृढतासाथ लाग्ने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले आफूहरूको गठबन्धनबाट कुनै पनि शक्ति तर्सनु नपर्ने र वाम एकतालाई अधिनायकवाद वा सर्वसत्तावादको आरोप लगाउन नहुने बताए । “हामी लोकतान्त्रिक निष्ठामा कटिबद्ध छौँ, हाम्रो एकतामा प्रश्न उठाउनेले पनि लोकतान्त्रिक एकता गर्दा हामी स्वागत नै गछौँ ।”

उनले आफूहरू सरकार फेर्ने भन्दा पनि मंसिरको निर्वाचन गराउन केन्द्रित हुने स्पष्ट पारे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार