रञ्जु दर्शना रिङआउट, सुबुनालाई रातो कार्पेट


काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि रञ्जु दर्शना अयोग्य ठहरिएकी छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका मेयरकी उम्मेदवार दर्शना उमेर हदका कारण उम्मेदवारी दिन पाइनन् ।

प्रचलित कानुनअनुसार सांसदको उम्मेदवार बन्न २५ वर्ष पुगेको हुनुपर्छ । उनी २५ वर्ष पुगेकी छैनन् ।

विवेकशील साझा पार्टीले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेद्वार घोषणा गरेपछि सुबुना बस्नेत चर्चामा छिन् । इलामकी बस्नेत काँग्रेसका गगन थापा र एमालेका राजन भट्टराईसँग प्रतिस्पर्धा गर्दै छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार