हेर्दा हेर्दै अन्त कतै बसाइँ सरी गयौ तिमी

 

चन्द्रा चाम्लिङ

chandra chamlingगजल

मेची तरी गयौ कि त काली तरी गयौ तिमी
हेर्दा हेर्दै अन्त कतै बसाइँ सरी गयौ तिमी

किन तिम्ले खोट लायौ हाम्रो चोखो सम्बन्धलाई
विना अर्थ आफ्नो स्वार्थ पूरा गरी गयौ तिमी

गाको भए हुन्थ्यो बरु आधा बाटो पुग्नुअघि
तर चोट दिई दिलमा विष छरी गयौ तिमी

जहाँ जाऊ जति लाऊ म त तिम्रै लागि जिउँछु
अन्जानमै मनभित्र शंका भरी गयौ तिमी

यस्तो विश्वास तोडी जान्छौ सोच्या थिनँ मैले कैले
लाग्यो मलाई कसैको त्यो जालमा परी गयौ तिमी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार