कोदाली किसानका साथी, अरूभन्दा धेरै माथि


कोदाली । यो किसानले प्रयोग गर्ने सामग्री हो । नेपालको धेरै जनसंख्या कृषिमा संलग्न छन् । कोदाली वर्षायाममा प्रयोग गरिन्छ ।

कोदाली फलाम र काठबाट बनाइन्छ । कोदालो र कोदालीको संरचना तथा स्वरूप उस्तैउस्तै हुन्छ । कोदालोभन्दा कोदाली अलि ठूलो हुन्छ । यसको उपयोगिता र काम भने अलि फरक छ । कोदाली बनाउन च्याप्टो तथा पातलो फलाम आवश्यक पर्छ । यसको एकातर्फ पातलो तर अलि फराकिलो भाग हुन्छ । बाक्लो र साँघुरो भागको बीचमा दुलो हुन्छ । काठको बिँड राख्न दुलो बनाइएको हुन्छ ।

बिँड भनेको काठको झन्डै हातभन्दा लामो सामग्री हो । विशेष सीप भएकाले मात्रै कोदाली बनाउन सक्छन् । आगोमा तताएर, कुटेर पातलो गरी बनाइएको फलाम पाता र बिँड जोडेपछि कोदाली तयार हुन्छ । खेतबारी खन्न यसको प्रयोग गरिन्छ ।

विशेषगरी वर्षायाममा हिलो खन्न यसको प्रयोग गरिन्छ । खेतको आली (डिल) मा हिलो राख्दै थिच्दै गर्न कोदाली अति आवश्यक हुन्छ । यो जोकोहीले चलाउन जान्दैनन् । छोटो र खन्दा खुट्टामा लाग्ने भएकाले कोदाली चलाउन विशेष ध्यान दिनुपर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार