प्रधानमन्त्री देउवाले बहिनीबाट टीका ग्रहण


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहोदर बहिनी दुर्गादेवी चन्दबाट टीका लगाएका छन् ।

प्रधानमन्त्री देउवाले पञ्चाङग निर्णायक समितिले तोकेको उत्तम साइत ११ः ५१ बजे बालुवाटरमा टीका ग्रहण गरेका हुन्। बहिनी चन्दले टीका लगाइदिएपछि प्रधानमन्त्री देउवालाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन् ।

टीका ग्रहणपछि प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना व्यक्त गरेका थिए ।

संविधान कार्यान्वयनसँगै मुलुकमा स्थायी शान्ति र आर्थिक विकासतर्फ केन्द्रित हुनसमेत सबै राजनीतिक दलसम्बद्ध नेतालाई उनले आह्वान गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार