राष्ट्रपति भण्डारीबाट भाइलाई भाइटीका

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार बिहान ११ः५१ बजेको शुभसाइतमा सहोदर भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी थिइन् ।

राष्ट्रपतिनिवास शीतलनिवासमा भएको भाइटीकामा राष्ट्रपति भण्डारीले टीका लगाइदिएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाई भ्रातृवात्सल्य प्रस्तुत गरेकी थिइन् ।

भाइ डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर दिदीसँग आशिर्वाद लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार