काँग्रेसको कास्टिङ : उम्मेदवार मनोनयन दर्ताअघि दिक्तेलमा काँग्रेस (फोटो फिचर)

पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङका १० राजनीतिक दलसम्बद्ध उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

दुई प्रदेशसभा रहेको खोटाङ १ मा सुवासकुमार पोखरेल र २ बाट विष्णुकमार राईले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए ।

काँग्रेसले प्रतिनिधिसभाका लागि पूर्वसांसद सरस्वती बजिमयलाई अघि सारेको छ । उम्मेदवार मनोनयन दर्ता गर्नअघि काँग्रेसले दिक्तेल बजारमा परिक्रमा गरेको थियो । काँग्रेसले निकालेको र्यालीमा काँग्रेस नेता तथा कार्यकर्ताको व्यापक सहभागिता थियो ।

काँग्रेसले पहिलो चरणअन्तर्गतका ३२ जिल्लामा लोकतान्त्रिक गठबन्धनमा आबद्धमध्ये राप्रपा, राप्रपा (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम र नयाँशक्तिसँगको तालमेलमा उम्मेदवारी दिएको हो । उसले प्रदेशसभाका ७४ मध्ये ६९ र प्रतिनिधिसभाका ३७ मध्ये ३५ क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार