रक्सी खाएर वेद पढ्नेलाई स्वर्गको ढोका बन्द

जमुना राई/भोजपुर


काठमाडौं । गीताको ४३० पेजमा लेखिएको छ, ‘सोमरस, दारु वा रक्सी खाएर जसले वेद पढ्छ, उसले स्वर्गमा वास पाउँदैन ।’

नेपाल चार वर्ण छत्तीस जातको फूलबारी हो । छत्तीस जातको फूलबारीमा सबै समुदायकाले वेद पढ्दैनन् । हिजोआज त वेद पढ्नेले समेत नडराइ सोमरस घुट्क्याउँछ । उसले सोमरस नभएर सोमरसले उसलाई खाइदिन्छ ।

नेपाली बजारमा पाँच लाख रुपैयाँसम्मको मादक पदार्थ किन्न पाइन्छ । गाउँघरमा त्यो सुविधा नभए पनि जे उपलब्ध छ, त्यो खाने गरिन्छ ।

 

सोमरस खाएर भोजपुर बजारमा दिउँसै सडकमा घोप्टो परेका वेद पढ्ने परे कि नाइँ ? यसै भन्न सकिएन । वेद पढ्ने वा नपढ्ने जुन समुदायका परे पनि सोमरस खाएर रमिता देखाउनेलाई के कारबाही होला सरकार ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार