उता एउटै मोटरसाइकलमा पाँच सवार, यता तीनजना

काठमाडौं । गल्ती गर्नेलाई गाली गरिरहन पर्दैन रहेछ । उसलाई कारबाही गरेरमात्रै सम्भव छैन । त्यही भएर होला एउटै मोटरसाइकलमा यात्रा गरिरहेकालाई भारतीय प्रहरीले नमस्कार गरेर गल्ती नगर्न अनुरोध गरेका छन् ।

भारतमा मात्रै होइन, नेपालमा समेत ट्राफिक प्रहरीको आँखा छलेर एउटै मोटरसाइकलमा तीनजना यात्रा गरिरहेका देखिन्छन् । एकताकाका चल्तीका विद्यार्थी नेता एउटै मोटरसाइकलमा यात्रा गरिरहेका देखिन्छन् । ग३प ४४५२ नम्बरको मोटरसाइकल तात्कालिक क्रान्तिकारी विद्यार्थी संघ अध्यक्ष लेखनाथ न्यौपानले चलाएका छन् भने बीचमा अनेरास्ववियु भूपू अध्यक्ष ठाकुर गैरे र सबैभन्दा पछि नेविसंघ अध्यक्ष प्रदीप पौडेल देखिन्छन् ।

तीन विद्यार्थी संघ, संगठन अध्यक्षले नै त्यस्तो गरेपछि बा४९प ५३९३ नम्बरको स्कुटीमा समेत तीन विद्यार्थी निर्धक्क यात्रारत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार