भावी मुख्यमन्त्री भन्दै सामाजिक सञ्जालमा पोखरेलको प्रशंसा

 

दीपेन्द्र राई

आसन्न प्रदेशसभा–१ बाट उम्मेदवारी दिएपछि काँग्रेस महासमिति सदस्य सुवासकुमार पोखरेलको सामाजिक सञ्जालमा प्रशंसा गर्न थालिएको छ । उम्मेदवारीपछि शुभचिन्तकदेखि मतदातासम्मले पोखरेललाई १ नम्बर प्रदेशको मुख्यमन्त्री भन्दै प्रशंसा गरेका हुन् ।

‘प्रदेश नम्बर १ बाट नेपाली काँग्रेसका भरोसायोग्य नेता,’ डिल्लीराम पोखरेल सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘जसलाई प्रदेश नम्बर १ को मुख्यमन्त्रीका रूपमा हेर्न थालिएको छ । तिनै सुवासकुमार पोखरेललाई सफलताको बधाइ एवम् अग्रिम शुभकामना ।’

विकास खतिवडाको बुझाइ पनि उस्तै छ । खतिवडाले भने, ‘मुख्यमन्त्रीको सम्भावना बोकेका प्रखर वक्ता नेपाली काँग्रेसका युवा नेता हाम्रा भाइ सुवासकुमार पोखरेल खोटाङ क्षेत्र नम्बरबाट प्रदेशसभा सदस्यको उम्मेदवार भएको हुँदा हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।’

युवानेता पोखरेलले उम्मेदवारी दर्ता गर्नसाथ जेमसिंह राईले फेसबुकमा लेखे, ‘भेट्रान लिडर ।’

नारायण गिरीले समेत प्रदेश नम्बर १ काँग्रेसको आशा अनि विश्वासको नेता भनेर नेता पोखरेलको प्रशंसा गरेका छन् ।

उम्मेदवारलाई बधाइ तथा शुभकामना दिनु अनौठो होइन । चिल्लो पातका रूपमा सबैले चिनेका नेता पोखरेललाई अनुरोध गर्दै दीपक भट्टराईले भनेका छन्, ‘शुभकामना छ सुवास दाइ । के सहयोग गर्नुपर्छ भन्नुस् ।’

प्रदेशसभा १ बाट पोखरेलको उम्मेदवारीपछि कृष्ण खड्का असाध्यै खुसी छन् । खड्काले भने, ‘आयो है आयो । खोटाङको विकास अनि समृद्धिका लागि विकासप्रेमी युवानेता सुवास पोखरेललाई भोट दिने मौका आयो ।’

काँग्रेससम्बद्ध मतदातामात्रै होइन, उनको दक्षता, क्षमता बुझेकाले पोखरेललाई १ मत दिन कन्जुस्याइँ नगर्ने शुभचिन्तकको भनाइ छ । ढुण्डीराज पोखरेल भन्छन्, ‘यु आर रियल लिडर । विस यु अल द बेस्स्ट ।’

ढुण्डीराज पोखरेलसँग सहमत छन्– हीराधन राई । राईको भनाइ छ, ‘आउटस्ट्यान्डिङ यु आर रियल लिडर । वि विस यु अल द भेरी बेस्ट ।’
उनको उम्मेदवारीसँगै विजयको शुभकामना दिने धेरै छन् । ‘विजयको अग्रिम शुभकामना । मेरो गुरु तथा साइनोले भतिजलाई,’ पोखरेल विवशले फेसबुकमार्फत भने, ‘मैले मानेको मेरो सिद्धान्तको प्रथप्रदर्शक ।’

चूडामणि रेग्मी लेख्छन्, ‘दाइलाई विजयको शुभकामना । देशलाई हजुरजस्तो जुझारु नेतृत्वको खाँचो छ ।’

यसैगरी, रामेश्वरप्रसाद पोखरेल शुभकामना दिन्छन्, ‘कङ्ग्य्राचुलेसन्स एन्ड अल द बेस्ट फर योर सक्सेस ।’

‘विजयको घडी नजिकिँदो छ । हर्षित छौं तपाईं, हामी,’ शेखर पाखरेल भन्छन्, ‘नेपाली काँग्रेस खोटाङको राजनीतिक योद्धा मेरो सैद्धान्तिक गुरु आदरणीय दाइ सुवासकुमार पोखरेललाई नेपाली काँग्रेस सुनसरी इनरुवा नगर समिति र मेरो व्यक्तिगततर्फबाट समेत सफलताको शुभकामना व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार