ग्रन्चमै गज्जब

छिरिङ लामा

हिजोआज चलेको फेसन भनेकै ग्रन्च हो । ठाउँ–ठाउँमा पूरै च्यातिएको जिन्स पाइन्ट, झुत्रा निस्केको हाफ जिन्स पाइन्ट लगाएको देख्दा यो त निकै गरिब पो रहेछ भन्ने भान पर्न सक्छ । तर त्यसो होइन । यो फेसन हो, जुन अहिले बजारमा निकै चलनचल्तीमा छ । नेपालका अधिकांश युवामा ग्रन्चप्रतिको आकर्षण बढ्दो छ । ग्रन्च एउटा पूरै फेसन प्याकेज हो । यसअन्तर्गत सर्ट, नेकलेस, ब्रासलेट तथा ‘हेयर स्टाइल’ आदि पर्छन् । त्यसमध्ये नेपालमा अहिले ग्रन्च जिन्स पाइन्ट निकै प्रचलनमा छ । बजारमा यस्ता विभिन्न प्रकारका पाइन्ट उपलब्ध छन् । युवामा ग्रन्च पाइन्टको लोकप्रियता बढ्नुको मुख्य कारण यसले दिने फरक ‘लुकिङ’ हो ।

ग्रन्चको इतिहास

धेरैजसो फेसनको इतिहास साङ्गीतिक समूहसँग जोडिएको पाइन्छ । कुनै लोकप्रिय सङ्गीत समूहले आफ्नो स्टेज सोमा लगाउने फेसनलाई आमयुवाले कपी गर्ने गर्छन् । त्यो विश्वव्यापी फेसन बन्न पुग्छ । ग्रन्चको इतिहास पनि ग्रन्च साङ्गीतिक समूहसँग जोडिएको छ । जुन पहिलोपटक सन् १९८० अन्त्य र १९९० को सुरुवातीको दशकमा अमेरिकाको सियाटल राज्यमा देखापरेको थियो ।
त्यतिखेरका प्रसिद्ध ब्यान्डमा एलिस इन चेन्स, निर्वाना र पर्ल जाम आदि थिए । यी ब्यान्डले खासगरी प्रचलित टलक्क टल्कने चिटिक्क मिलेको फेसनविरुद्धमा वा त्यसको विपरीत लुज तथा व्यक्तित्वलाई खासै ध्यान नदिएको रफटफ टाइपको फेसनका रूपमा अगाडि ल्याइएको हो । यसलाई कुर्ट कोबिन, कोर्थी लोभी र पर्ल जेमजस्ता कलाकारले अपनाएका थिए । सन् १९७० को सुरुवाततिर उदय भएको पङ्क साङ्गीतिक समूहले अपनाएको पङ्क फेसनको घट्दो लोकप्रियतासँगै ग्रन्च फेसनको सुरुवात भएको हो ।

फेसन किन महत्वपूर्ण छ ?

आफू सुन्दर देखिने चाहना सबै मानिसमा हुन्छ । मानिसको त्यो चाहना फेसनले पूरा गर्छ । मानिसलाई नयाँ कुरा लगाउने वा खाने चाहना सधैँ रहन्छ । मानिस आफूलाई सधैँ अरूभन्दा फरक हुन चाहन्छ, त्यो चाहना फेसनले पूरा गर्छ । मानिसको फरक देखिने चाहनालाई विचार गरेर समयअनुसार फरक गुणस्तर वा डिजाइनका पोसाक वा वस्तु बजारमा ल्याउने गरिन्छ ।

बजारमा हरेक पलमा आउने नयाँ डिजाइनका कपडा लगाएर आफू सुन्दर देखिएको अनुभव आममानिसले गर्ने गर्छन् । त्यसैले जोकोहीले पनि नयाँ फेसनलाई अपनाएर आफ्नो जीवनशैलीलाई हरेक दिन ‘स्टाइलिस’ र ‘लक्जरियस’ बनाउँछन् । नयाँ फेसनको मामिलामा युवापुस्ता निकै सौखिन हुने गर्छन् । उनीहरू बजारमा आएका नयाँ डिजाइनका कपडा युवामञ्चबाटलगाउँदा आफू निकै सुन्दर र शान्त भएको अनुभव गर्छन् ।

युवामञ्चबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार