अस्ट्रिचपालकलाई खुसीको खबर : अस्ट्रिचको छालाबाट निर्मित ब्यागको आठ लाख

बलिउड अभिनेत्री श्रीदेवी स्टाइलिसमध्येमा गनिन्छिन् । उनको हरेक स्टाइल र लुक्स सधैं मिडियाका लागि मसला बन्छ । अभिनेता सुनील सेट्टीकी पत्नी माना सेट्टीले हालै आयोजित कार्यक्रममा सहभागी हुन श्रीदेवी पनि पुगेकी थिइन् । कार्यक्रममा उनले बोकेको ब्यागको चर्चा भयो । उनको ब्यागको चर्चा हुनु स्वाभाविकै थियो ।

किनकि उनले बहेर्मेस बिर्किन ब्रान्डको आठ लाख भारतीय मूल्यको ब्याग बोकेकी थिइन् । यो ब्रान्ड हलिउड अभिनेत्री जेन बिर्किनको नामबाट राखिएको हो । यो ब्रान्ड संसारको सबैभन्दा महँगो लेदर उत्पादन गर्ने ब्रान्डमध्ये गनिन्छ । श्रीदेवीले बोकेको ब्याग अस्ट्रिचको छालाबाट बनेको थियो । अस्ट्रिच लेदरमा गोल्ड पालिस गरिएका कारण ब्याग त्यत्ति महँगो भएको हो ।

श्रीदेवीकी छोरी जान्वीले बलिउडमा डेब्यु गर्ने हल्ला चलिरहे पनि आमाको जादु कायमै छ । चलचित्र ‘इङ्लिस भिंग्लिस’बाट बलिउडमा पुनः छाएकी उनी यो वर्ष चलचित्र ‘मम’मा देखिने भएकी छन् ।

२६ वर्षपछि बलिउडमा आएकी उनको सक्रियता पनि बढेको छ । उमेरलाई केवल नम्बरका रूपमा हेर्ने उनी हरेक व्यक्तिका लागि फेसन, स्टाइल, र लुक्सको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ । उनी पुरातन सोचलाई चुनौती दिँदै पुराना पुस्तामा नमुना बनेकी छन् ।

अन्नपूर्णबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार