मोटाएर बाहिर निस्केको पेट यसरी घटाउन सकिन्छ (१२ घरेलु उपायसहित)


हिजोआज मानिसले सुरुसुरुमा मोटाउँदा त्यति ध्यान दिँदैनन् । मोटोपन अत्यधिक बढेपछि घटाउन घन्टौं पसिना बगाउँछन् । मोटोपन घटाउन खानपिनमा ध्यान दिन जरुरी छ । केही प्राकृतिक चीज यस्ता हुन्छन्, जसको प्रयोगले तौल नियन्त्रण गर्न सकिन्छ ।

तौल घटाउन धेरै मिहिनेत गर्न नसक्नेले सजिलो उपाय पनि छ । यसलाई आत्मसात् गरी लाभान्वित हुन सकिन्छ ।

(१) धेरै कार्बाेहाइड्रेट भएको खाद्यपदार्थ नखानुहोस् । चिनी, आलु र चामलमा कार्बाेहाइड्रेट बढी हुन्छ । यसले बोसो बढाउँछ ।
(२) गहुँको रोटीमात्र खानुभन्दा गहुँ, भटमास र चनामिश्रित आँटाको रोटी फाइदाजनक ।
(३) दिनहुँ बन्दागोभीको जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यसले शरीरको मेटाबोलिज्म (शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया) लाई ठीक गर्छ ।
(४) मेवा नियमित खानुहोस् । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुन्छ ।
(५) दही खानाले शरीरको अनावश्यक बोसो घट्छ । मोहीको प्रयोग दिनको दुई/तीनपटक गर्नुहोस् ।
(६) पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । छानेको धुलो हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्छ ।
(७) अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।
(८) हरियो वा कालो मरिच खानामा राखी खानाले तौल घटाउन सक्छ । एक खोज अनुसन्धानमा पाइएको छ कि तौल कम गर्ने सबैभन्दा राम्रो तरिका मरिच खानु हो । मरिचमा पाइने तत्व केप्साइसिनले चाँडै भोक लाग्दैन । जसले तौल घटाउन मद्दत पुग्छ ।
(९) एक चम्चा पुदिनाको रसलाई दुई चम्चा महसँग मिलाइ नियमित प्रयोग गर्नाले मोटोपन घट्छ ।
(१०) सागसब्जी र फलफूलमा क्यालोरी कम हुन्छ । त्यसैले यसको प्रयोग धेरै गर्नुहोस् । केरा नखानुहोस् । यसले मोटोपन बढाउँछ । पुदिनाको चिया बनाएर खानाले मोटोपन घट्छ ।
(११) खानासँगै गोलभेंडा र प्याजको सलादमा कालो मरिच र नुन हालेर खानुहोस् । यसको प्रयोगले भिटामिन ‘सी’, ‘ए’, ‘के’, आइरन, पोटासियम, लाइकोपिन र ल्युटिन प्राप्त हुन्छ । यो खानाले पेट चाँडै भरिन्छ र तौलमा नियन्त्रण हुन्छ ।
(१२) बिहान उठ्नेबित्तिकै २५० ग्राम गोलभेंडाको रस दुई÷तीन महिनासम्म पिउनाले पेट भित्र पस्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार