समयमै उपचार नगरे जनैखटिराबाट मृत्यु

सर्मिला थापा

जनैखटिरा एकप्रकारको भाइरल इन्फेक्सन हो । भेरिसेला जोस्टर भाइरसका कारण जनैखटिरा आउँछ । जनैजस्तो आकारमा देखिने भएकाले यसलाई जनैखटिरा भनिएको हो ।

जनै खटिरा लागेपछि निको हुँदैन । यसले समातेपछि सम्बन्धित व्यक्तिको मृत्यु हुन्छ भन्ने भ्रम छ । वास्तवमा के हो त जनै खटिरा ? कस्ता व्यक्तिलाई यो रोग लाग्ने सम्भावना रहन्छ ? के हुन् जनैखटिरा ? यसको लक्षण र उपचार नगरे कस्तो समस्या आइपर्छ ?

जनैखटिराबारे वरिठ छाला रोग विशेषज्ञ डा. नितेशराज पोखरेल यसो भन्छन्, ‘जनैखटिरा सबै उमेरका मानिसलाई हुन सक्छ । पहिले ठेउला आएका व्यक्तिलाई जनैखटिरा आउने सम्भावना बढी हुन्छ । यसको अर्थ ठेउला आएका सबैलाई जनैखटिरा आउँछ भन्ने हुँदैन ।’

यो भाइरस शरीरमा एकपटक प्रवेशपछि जीवनपर्यन्त रहन्छ । सुसुप्त रूपमा बस्ने भाइरस अलिकति अनुकूल समय वा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएमा पुनः देखापर्छ ।

कस्ता व्यक्तिलाई जनैखटिरा आउने सम्भावना प्रवल हुन्छ ?

पहिले ठेउला आएका
एचआईभी भएका
मधुमेह, मिर्गौला, मुटु, क्यान्सरलगायतका दीर्घरोगी ।

लक्षण 
खटिरा आएको ठाउँमा धेरै दुख्ने
पानीका स–साना फोका आउने
शरीरको कुनै एक पाटोमा खटिरा आउने
हात, पाखुरा, खुट्टा वा कुनै पनि ठाउँमा झस्का हानेजस्तो गरी दुख्ने ।

जनैखटिरा आएपछि यथाशक्य परीक्षण गराउनुपर्छ । परीक्षण गरी औषधि सेवन गरेमा दुखाइ कम हुनुका साथै चाँडै निको हुन्छ । जनैखटिरा आऐपछि कसैलाई एक/दुई हप्तामा ठीक हुन्छ भने कतिपयलाई एक÷दुई वर्षसम्म दुःख दिइरहन्छ ।

समयमै उपचार नगरे जोखिम उच्च

मुख बाङ्गो हुने
आँखामा दृष्टि कम हुने
मस्तिष्क घात हुने
समयमै उपचार नगरे जनैखटिराले मृत्युसमेत हुन सक्छ । यसकारण यथाशक्य उपचार गर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार