खोटाङको साहित्यिक विकासमा पत्रपत्रिका

डा. धनप्रसाद सुवेदी

ओखलढुङ्गाका भीमबहादुर श्रेष्ठको सम्पादकत्वमा निस्कने ‘जूनकिरी’ पत्रिका नै खोटाङ जिल्लामा वितरित भएको पहिलो स्थानीय पत्रिका थियो भन्ने जानकारी पाइन्छ । यो पत्रिका तत्कालीन पूर्व ३ नं. गोश्वार ओखलढुङ्गामा २०१७ मंसिरमा दर्ता नं. १ मा दर्ता भई प्रकाशित भएको थियो । हालको खोटाङ जिल्लाको पहिलो पत्रिका भने पशुपति भट्टराईको सम्पादकत्वमा २०२० वैशाखमा चम्पावती मावि बुइपाबाट प्रकाशित ‘गोरेटो’ हस्तलिखित द्वैमासिक हो । वि.सं. २०१९ मा बुइपाको चम्पावती मिडिल हाइस्कुलले पूर्ण हाइस्कुल (मावि) को स्वीकृति पाएपछि त्यस विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीमा नयाँ उत्साह थपियो । यस्तैमा वि.सं. २०२० वैशाख १ गते नववर्षको अवसर पारेर ‘गोरेटो’ नामको हस्तलिखित पत्रिकाको प्रकाशनारम्भ भयो । द्वैमासिक रूपमा निस्कने यो पत्रिका २०२२ साल साउनसम्म जम्मा १४ अङ्क प्रकाशित भएका थिए । यस पत्रिकाका हरेक अङ्क १३ प्रति निकालिन्थ्यो, जसमा दिक्तेलको स्कुल, ऐंसेलुखर्क स्कुल, भोजपुर हाइस्कुल, लामिडाँडाको स्कुल, ओखलढुङ्गाको पुस्तकालय र हाइस्कुल, ओखलढुङ्गाका भीमप्रसाद श्रेष्ठ, बुइपाका देवराज ढकाललाई १/१ प्रति र बुइपाको पुस्तकालयमा ५ प्रति राखिन्थ्यो । पछिल्ला अङ्कमध्ये कुनै एउटा अङ्क राजविराज पनि पठाइएको थियो (राई, २०५८ : ७०–७२) । ‘गोरेटो’ का सम्पादक पशुपति भट्टराई थिए । उनका अतिरिक्त दीपक श्रेष्ठ, भक्तकुमार श्रेष्ठ, जसराज किराती, हरिभक्त श्रेष्ठ, भागवत श्रेष्ठ र विश्व श्रेष्ठले हातैले लेखेर पत्रिका तयार पार्दथे । आवरण बनाउने काम गोरखबहादुर श्रेष्ठ (ओखलढुङ्गा, चम्पावती माविका तत्कालीन शिक्षक) ले गर्थे । देवराज ढकाल (राजनीतिककर्मी) , तेजबहादुर बस्नेत (शिक्षक), कप्तान पञ्चवीर राई(स्थानीय शिक्षाप्रेमी), चन्द्रबहादुर श्रेष्ठ (स्थानीय शिक्षाप्रेमी) र रामनारायण श्रेष्ठ (स्थानीय शिक्षाप्रेमी) पत्रिकामा प्रमुख सहयोगी थिए (राई, २०५८ : ७१) ।
गोरेटोबाट सुरु भएको खोटाङ जिल्लाको साहित्यिक पत्रकारितामा ‘सगुन’, ‘आक्रोश’, ‘विहानी’, ‘खोटाङका केही कथा’, ‘खोटाङका केही कविता’, ‘हलेसी’, ‘रावाका छाल’, ‘प्रतिभा’, ‘नयाँकदम’, ‘सौजन्य’, ‘ट्याम्के’, ‘हलेसीकुञ्ज ’लगायतका साहित्यिक पत्रिकाहरूको महत्वपूर्ण भूमिका रहेको छ । खोटाङको साहित्यिक पत्रिकाको इतिहासमा खोटाङ जिल्लाभित्रै रहेर साहित्यिक पत्रकारिताको विकासमा काम गर्ने पशुपति भट्टराई, हिराधन राई, बम थुलुङ, जसराज किराती, हेमन्तराज सुमन, मोहन विरही, गेहकुमार सैजु, काशी राई, तुलसीप्रसाद रेग्मी, कृष्ण आचार्य, भरतमणि भट्टराई (ओखलढुंगा), तेजना सैजु, विष्णु आभूषण, रामविक्रम थापा, गोविन्दप्रसाद आचार्य, धनकर्ण श्रेष्ठ, धनप्रसाद सुवेदी, चमा थुलुङ, मकरचन्द्र राई (एम.सी. सुमित), बेदीकुमार राई, मेम्बर राई, टङ्क भट्टराई, दिलकुमार खड्का, रेखा राई ‘क्षितिज’, यादेवी ढकाल, कल्याण रोका, केशवप्रसाद आचार्य, होमप्रसाद आचार्य, सुवास जोशी, नवीन राई अभिशेष, चित्रकुमार सुवेदी, धु्रवराज राई, रमेशचन्द्र राई, नारायण ढकाल, बम बानिया, श्रीराम राई, राजकुमार रम्तेल, रमेश राई ‘गाउँले’, विमला केयरलेस, अकेला राई, डिल्लीराम राई ‘नाकारा’, रामधन वेदना, देवकुमार राई, कोपिला राई, सीता थुलुङ, सविता भुजेल, प्रेमिला राई आदिको भूमिका बिर्सन मिल्दैन ।
खोटाङेहरू खोटाङबाहिर राजधानी तथा विदेशका विभिन्न मुलुकमा रहेर साहित्यिक पत्रकारितामा सक्रिय रहेका छन् । अच्युतरमण अधिकारी, श्यामकुमार अधिकारी, दाहाल यज्ञनिधि, नरभूपाल राई, टङ्कबहादुर राई, शान्तिकुमारी राई, नगेन्द्रराज रेग्मी, डा. माधव भट्टराई, मोहन घिमिरे, गुणराज दाहाल, नवराज पोखरेल, डा. विष्णु राई, देवविक्रम राई, तोयानाथ खनाल, भागवत आचार्य, भोगीराज चाम्लिङ, मालिकराम राई, मनोजबाबु आशय, उत्तरकुमार राई, बसन्तराज अज्ञात, दीपेन्द्र दीनदुःखी, किशोर चाम्लिङ, टीका चाम्लिङ, गणेश थापा, बोधराज पौडेल, रमेश पौडेल, होमशङ्कर बास्तोला, यम बास्तोला, धनुका राई ‘धारारानी’, मिलनकान्छा राई, नाकिमा नाकिम, लोकेन्द्र राई ‘सर्वहारा’ आदिले विभिन्न साहित्यिक पत्रपत्रिका, स्मारिका आदिको सम्पादन/प्रकाशन गरेको पाइन्छ । यस जिल्लाका चतुरभक्त राई, टङ्कबहादुर राई, प्रतापसिंह राई ‘नाछिरिङ’, देवविक्रम राई आदिले किरातभाषाका विभिन्न पत्रिकाको सम्पादन/प्रकाशन गरेका छन् । चन्द्र दुमी राई, किन्दर राई, भोगेन्द्र राई (भोगेन एक्ले), केजिन राई, रमेश राई ‘गाउँले’, किशनचन्द्र राई, विक्रमचेतनशील राई, छक्क सक्रिय राई लगायतका खोटाङेहरूले विदेशमा रहेर साहित्यिक पत्रकारितामा योगदान गरेका छन् । विदेशबाट पत्रिका प्रकाशनमा स्वदेशमै रहेर सहयोग गर्ने दीपेन्द्र दीन दुःखी, वसन्तराज अज्ञात, टीका चाम्लिङ, भोगीराज चाम्लिङ, नाकिमा नाकिम आदिको महत्वपूर्ण भूमिका रहेको छ ।
खोटाङका दाहाल यज्ञनिधिले रेडियो नेपालबाट साहित्यिक पत्रकारिता गरी नाम कमाएका छन् । ज्ञानेन्द्र विवश, बलराम कोइराला रेडियो÷एफएमहरुमा सक्रिय रहेका छन् । खोटाङमा २०६४ बैशाखबाट रूपाकोट सामुदायिक रेडियो र २०६५ सालपछि हलेसी रेडियोको समेत स्थापना भएपछि यी रेडियोबाट पनि साहित्यिक पत्रकारिता सुरु भएको पाइन्छ । यी रेडियोहरूमा राजकुमार रम्तेल, मकरचन्द्र राई, भीमसेना राई, वेदीकुमार राई, भीम राई, डिल्लीराम राई ‘नाकारा’ विमला केयरलेस, ज्ञानिता राई, सर्मिला भुजेल, भीमा भुजेल लगायतका रेडियोकर्मीहरू साहित्यिक पत्रकारितामा सक्रिय रहेको पाइन्छ ।
साहित्यक विकासका लागि समाचारमूलक पत्रिकाको पनि उल्लेख्य भूमिका हुन्छ । खोटाङबाट निस्कने हरेक समाचार पत्रिकाले धेरथोर रुपमा साहित्यलाई प्रश्रय दिँदै आएका छने । खोटाङको समाचारमूलक पत्रिकाको इतिहास त्यति लामो छैन । खेमराज खनाल ‘खखेरा’ को सम्पादकत्वमा २०४९ सालमा प्रशाशनारम्भ भएको ‘पक्ष’ पाक्षिक पत्रिका नै खोटाङको पहिलो समाचारमूलक पत्रिका हो । यसपछि ‘मध्यान्तर’ पाक्षिक प्रकाशनमा आयो । नारायण जोशी सम्पादक र भूपराज खड्का कार्यकारी सम्पादक रहेको यस पत्रिकाको ५५ अङ्कसम्म प्रकाशन भई हाल बन्द रहेको छ । खोटाङबाट साप्ताहिक अखवार प्रकाशनको आरम्भ भने ‘भावना’ (पछि ‘हाम्रो भावना’) साप्ताहिकबाट भयो । किसनचन्द्र राईको सम्पादकत्वमा यो पत्रिकामा मेम्बर राई, धनप्रसाद सुवेदी, वीणादेवी राई, सूर्य सम्वाहाम्फे, बम बानिया, बद्री भिखारी आचार्य, श्रीराम राईलगायतको संलग्नता रहेको थियो । २०५९ देखि २०६१ माघ १९ सम्म प्रायः निरन्तर रहेको यस साप्ताहिकले खोटाङको अखवार साहित्यमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
खोटाङबाट समाचारमूलक पत्रिकामा उल्लेख्य योगदान पु¥याउने व्यक्तिको नाम लिनुपर्दा कृष्ण आचार्यको नाम आउँछ । उनको सम्पादनकत्वमा ‘नवसंवाद’ पाक्षिक अनियमित रुपमा भए पनि प्रकाशन भइरहेको छ । अशोक पौडेल, शङ्कर खड्का, रमेश पौडेल, नवीन राई ‘अभिशेष’ लगायतको सक्रियतामा ‘नौलोविचार’ साप्ताहिक, डम्बर हम्रुङ, भीम राई, उमेत राई, डिल्लीराम राई, भूपेन्द्र राई, छवि राई, मेम्बर तामाङ आदिको सक्रियतामा ‘रूपाकोट’ साप्ताहिक, शिवहरि ढकाल, विष्णुराज राई, प्रकाश श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, खेम खड्का आदिको सक्रियतामा प्रकाशित ‘दिक्तेलबजार’ पाक्षिक र देविप्रसाद रिजाल, डिएन चाम्लिङ, दीपक ढकाल आदिको सक्रियतामा ‘नौलो नवज्योति’ पाक्षिक, दिलिप खत्री…… को सक्रियतामा ….. ….. को सक्रियतामा हलेसी खबर लगायतका पत्रिकाहरू प्रकाशित भएका छन् । यी पत्रिकाले पनि साहित्यिक विकासमा योगदान पु¥याएका छन् ।
पछिल्ला समयमा चन्द्र दुमी राई (हङकङ), किन्दर राई (हङकङ), भोगेन राई (हङकङ), रमेश राई ‘गाउँले’ (कतार), किशनचन्द्र राई (कतार), विक्रमचेतनशील राई, छक्क सक्रिय राई लगायतका खोटाङेहरूले विदेशमा रहेर समाचारमूलक तथा साहित्यिक पत्रकारिता गरिरहेका छन् । त्यस्तै विदेशबाट पत्रिका प्रकाशनमा स्वदेशमै रहेर सहयोग गर्ने दीपेन्द्र दीनदुःखी र वसन्तराज अज्ञातको महत्वपूर्ण भूमिका रहेको छ । दाहाल यज्ञनिधिले रेडियो नेपालमा रेडियो पत्रकारिता गरी नाम कमाएका छन् र उनले रेडियोका माध्यमबाट खोटाङे स्रष्टालाइृ अगाडि बढाउन महत्त्वपूर्ण योगदान दिएका छन् । मनोहरि थापा, प्रकाशचन्द्र परियार, दीपक पाण्डे, इन्द्र आचार्य, ज्ञानेन्द्र विवश, बलराम कोइराला, टंक भट्टराई आदिले टेलिभिजन तथा रेडियो पत्रकारका रुपमा खोटाङे साहित्यको विकासमा सहयोग गरेका छन् । खोटाङमा २०६४ बैशाखबाट रूपाकोट सामुदायिक रेडियोको स्थापना भएपछि रेडियो पत्रकारितामा संलग्न पत्रकारहरू उत्साहजनक रूपमा अगाडि आएका छन् । वि.सं २०६५ सालपछि हलेसी रेडियोको समेत स्थापना भएर यसमा अरु उत्साह थपिएको छ । यी रेडियोहरूमा उमेत राई, दिलिप खत्री, भीम राई, राजकुमार रम्तेल, मकरचन्द्र राई, भीमसेना राई, वेदीकुमार राई, भक्त श्रेष्ठ, रामकुमार हिङमाङ, विमला केयरलेस, अरुणा दाहाल, ज्ञानिता राई, प्रमिला भुजेल, …………. लगायतका रेडियोकर्मीहरूले साहित्यिक कार्यक्रम सञ्चालन गरी खोटाङे साहित्यको विकासमा सहयोग गरेका छन् ।
खोटाङबाहिर देशको राजधानी तथा अन्य क्षेत्रमा रहेर साहित्यिक तथा विकास पत्रकारितामा संलग्न रहने खोटाङेहरूको उपस्थिति सम्मानजनक छ । अच्युतरमण अधिकारी, श्यामकुमार अधिकारी, दाहाल यज्ञनिधि, नरभूपाल राई, टङ्कबहादुर राई (विजयखर्क), शान्तिकुमारी राई, नगेन्द्रराज रेग्मी, डा. माधव भट्टराई, मोहन घिमिरे, गुणराज दाहाल, नवराज पोखरेल, डा. विष्णु राई, देवविक्रम राई, तोयानाथ खनाल, भागवत आचार्य, भोगीराज चाम्लिङ, मालिकराम राई, मनोजबाबु आशय, उत्तरकुमार राई, बसन्तराज अज्ञात, दीपेन्द्र दीनदुःखी, किशोर चाम्लिङ, टीका चाम्लिङ, गणेश थापा, बोधराज पौडेल, रमेश पौडेल, होमशङ्कर बास्तोला, यम बास्तोला, लोकेन्द्र राई ‘सर्वहारा’ आदिले विभिन्न साहित्यिक तथा अन्य पत्रपत्रिका, स्मारिका आदिको सम्पादन/प्रकाशन गरेको पाइन्छ । यस जिल्लाका प्रतापसिंह राई नाछिरिङ, चतुरभक्त राई, टङ्कबहादुर राई, तिलक चाम्लिङ, तेजमाया दुमी राई, नानुमती राई आदिले किरातभाषाका विभिन्न पत्रिका, स्मारिका, मुन्दुम सङ्कलन आदिमा काम गरेका छन् । यसबाट खोटाङे वाङमयको दायरा फराकिलो भएको छ ।
थुप्रै खोटाङेहरू खोटाङबाहिर राजधानी तथा विदेशका विभिन्न मुलुकमा रहेर समाचारमूलक पत्रकारितामा सक्रिय रहेका छन् । शङ्कर कार्की, शिवकुमार भट्टराई, प्रतापसिंह राई ‘नाछिरिङ’, महेन्द्र विष्ट, बबिता बस्नेत, केजिन राई, युवराज आचार्य, आनन्द पि राई, दीपक पाण्डे, भूपराज खड्का, एनके दाहाल, नगेन्द्रराज रेग्मी, भोगीराज चाम्लिङ, प्रकाश राई, किरण पोखरेल, विनोद पौडेल, मोहनकुमार दाहाल, प्रदीप पोखरेल, प्रकाशचन्द्र परियार, देवान राई, टी.बी. विरही, पीबी दियाली, पेशल आचार्य, केदार थापा, उजीर राई, भुवन पारुहाङ, रोजन राई, दीपेन्द्र दीनदुःखी राई, बाबुराम दाहाल, राजेश चाम्लिङ, देवान राई, किशोर चाम्लिङ, मनोहरि थापा, रमेशकुमार राई, योगेश ढकाल, सइन्द्र राई, विश्वमणि पोखरेल, ज्ञानेन्द्र विवश, प्रवीण बस्नेत, गजेन्द्र विष्ट, डायमन राई, धनुका राई ‘धारारानी’, हरिबोल आचार्य, मिलनकान्छा राई आदिले देशको राजधानी तथा मुलुकका विभिन्न ठाउँमा रहेर साहित्यिक तथा समाचारमुलक पत्रकारिता गरिरहेका छन् ।
खोटाङका विभिन्न विद्यालयहरूमा, विभिन्न संस्था/क्लबहरूमा भित्तेपत्रिका प्रकाशित हुने गरेका छन् । खोटाङबाट रोजगारीका सिलसिलामा कतार, दुबई, साउदीअरब, मलेसिया, हङकङ, कोरिया र नेपालका विभिन्न ठाउँमा रहेका खोटाङेहरूले साहित्यिक पत्रपत्रिका प्रकाशन गर्ने गरेको पाइन्छ । पछिल्लो समयमा विदेश तथा स्वदेशबाट इन्टरनेटबाट साहित्यिक पत्रिका प्रकाशन गर्ने लहर चलेको छ । खोटाङका ………………………………. आदिले इनटरनेट पत्रिकामा काम गरेको पाइन्छ । यी पत्रिकाहरुले खोटाङ जिल्लाको साहित्य तथा पत्रकारिताको विकासमा उल्लेख्य योगदान पु¥याएका छन्
खोटाङेहरुका सम्पादनमा प्रकाशित प्रमुख साहित्यिक पत्रपत्रिकाको विवरण निम्नानुसार रहेका छन् ः

क्र.सं. नाम सुरु : अवधि स्थान : प्रकाशक मुख्य सम्पादक

१. गोरेटो (हस्तलिखित) २०२० चम्पावती मावि बुइपा पशुपति भट्टराई
२ छहारी. २०२१, (१ अङ्क) दिक्तेल गेहकुमार सैंजु
३ आक्रोश २०२८, (१ अङ्क) बुइपा जसराज किराती
४ सगुन २०२८ (१ अङ्क) दिक्तेल परिवार धरान बम थुलुङ, हिराधन राई
५ बिहानी (सामयिक कविता सङ्कलन) २०२८, (१ अङ्क) दिक्तेल परिवार धरान खेमराज खनाल, हिराधन राई
६ सिसार २०३६, (१ अङ्क) काठमाडौँ कुमार आचार्य
७ जुरमुर २०३६, अहिलेसम्म अनेरास्ववियु, खोटाङ–काठमाडौ विशाल भट्टराई र अन्य
८ खोटाङका केही कविता २०३७, (सामूहिक सङ्कलन) हिमाली क्लब दिक्तेल हिराधन राई
९ खोटाङका केही कथा २०३७ (सामूहिक सङ्कलन ) प्रतीक प्रकाशन काठमाडौ चेतनाथ अधिकारी
१० नयाँकदम २०३८ (५ अङ्क) दिक्तेल क्याम्पस गोकुल व्याकुल, सुकराज राइर्, धनकर्ण श्रेष्ठ, रामप्रसाद राई, धनप्रसाद सुवेदी, वेदीकुमार राई
११ हिंडपा २०३९, विराटनगर श्याम अधिकारी
१२ कहिरन २०४०, (२ अङ्क) काठमाडौँ नगेन्द्रराज रेग्मी, सूर्य अधिकारी, तारा कट्टेल, नवराज पोख्रेल
१३ हलेसीकुञ्ज २०४१, (१ अङ्क) दिक्तेल जसराज किराती
१४ जागरण २०४२, (१ अङ्क) नेराशिसं, खोटाङ गणेश अधिकारी, एकनाथ ढकाल
१५ साप्सुका छालहरू २०४२, (१ अङ्क) काठमाडौँ विष्णु आभूषण, दिलिप अनहेप्पी, एनके चुइचुम्माली
१६ हलेसी २०४४, (२ अङ्क) पूर्वाञ्चल साहित्यिक प्रतिष्ठान सम्पर्क समिति दिक्तेल भरतमणि भट्टराई
१७ उन्नयन २०४४ हालसम्म काठमाडौँ अच्युतरमण अधिकारी
१८ मुहूर्त २०४४ हालसम्म काठमाडौँ नगेन्द्रराज रेग्मी
१९ युवाआवाज २०४६, (२ अङ्क) नेपाल युवक संगठन, खोटाङ अर्जुन राई
२० खोटाङ २०४६– खोटाङ सेवा समाज, काठमाडौँ माधव भट्टराई र अन्य
२१ साहित्यिक पत्र (हवाईपत्रिका) २०४६– साहित्य सञ्चारका लागि हवाई आन्दोलन नगेन्द्रराज रेग्मी, विष्णु आभूषण, श्याम भट्टराई
२२ साहित्यिक आइतबार २०४८ काठमाडौँ नगेन्द्रराज रेग्मी, विष्णु आभूषण
२३ रावाको छाल २०४८ काठमाडौँ
२४ खोटाङको सुस्केरा २०४८ अनेरास्ववियु खोटाङ÷सुनसरी देवविक्रम राई, गोपाल गुरुङ
२५ खोटाङ पुकार २०४८ – काठमाडौँ नगेन्द्रराज रेग्मी
२६ किसानको हुङ्कार २०४८ अखिल नेपाल किसान सङ्घ हरिकाजी गुरुङ, चुरभक्त राई, कृष्ण आचार्य
२७ चित्कार मोहन घिमिरे
२८ जनप्रतीक प्रह्लाद आचार्य
२९ उपासना २०५० काठमाडौँ माधव भट्टराई
३० ट्याम्के २०५१, (१ अङ्क) जिविस खोटाङ विष्णु आभूषण, तुलसीप्रसाद रेग्मी
३१ सौजन्य २०५१, (१ अङ्क) सौजन्य पुस्तकालय, दिक्तेल तेजना सैंजु, सुवास जोशी
३२ पयर २०५१ खोटाङ सङ्गम समूह मालिकराम राई, सुरेशचन्द्र राई
३३ प्रतिभा २०५२–०५९, (६ अङ्क) नवप्रतिभा साहित्यिक मञ्च धनकर्ण श्रेष्ठ, रामविक्रम थापा, धनप्रसाद सुवेदी, सुकराज राई ।
३४ बाबरी काठमाडौँ विष्णु राई
३५ मिलन २०५३, (३ अङ्क) कर्मचारी मिलन केन्द्र दिक्तेल विष्णु शर्मा र अन्य
३६ चाम्लिङ किरात राई चाम्लिङ खाम्बातिम गडुलमान राई, देवविक्रम राई
३७ कर्मचारी २०५४, (३ अङ्क) नेनिक संगठन तेजना सैंजु, धनप्रसाद सुवेदी, नारायण न्यौपाने
३८ भावना २०५४(त्रैमासिक) धरान किसनचन्द्र राई
३८ सुदामा (हवाई पत्रिका) २०५६, २५ (अंकसम्म प्रकाशित) बिरामी साहित्यिक समूह, दुर्छिम दीपेन्द्र दीन दुःखी
३९ मियो २०५६ मनोजबाबु आशय, ध्रुव बजिमय उत्तरकुमार राई, भोगीराज चाम्लिङ, दीपेन्द्र दीन दुःखी
४० अभियान २०५७ नेपाली काङ्ग्रेस खोटाङ विष्णु आभूषण
४१ अभियान २०५७ स्मारिका सिम्पानी उच्च मावि बाबुराम न्यौपाने
४२ तारापुञ्ज २०५७ (२ अङ्क) नेकपा (माले) खोटाङ नारायण जोशी
४३ मुक्ति सन्देश २०५७ नेकपा (एमाले) खोटाङ विशाल भट्टराई
४४ खोटाङ स्मारिका २०५७ (१ अङ्क) सगरमाथा युवा समाज सोल्मा, दिक्तेल शान्तिराम राई
४५ आकाश गङ्गा २०५८ (१ अङ्क) प्रलेस, खोटाङ, रमेशचन्द्र राई, चित्र सुवेदी, नारायण ढकाल धु्रवराज राई,
४६ इमो २०५८ जनउत्थान सङ्घ दुर्छिम तिलक चाम्लिङ
४७ वनभित्रको हरियाली २०५८, (१ अङ्क) नेपाल वनरक्षक सङ्घ, खोटाङ बाबुराम फुयाल
४८ हलेसी (हवाई पत्रिका) २०५८ – काठमाडौँ किशोर चाम्लिङ, राजकुमार रम्तेल, छक्क सक्रिय राई
४९ शिखर सन्देश २०५८ (२ अङ्क) काठमाडौँ टीका चाम्लिङ
५० सिर्जना समर्पण (हवाई त्रैमासिक) २०५८–०६२ काठमाडौं यम बास्तोला
५१ गोरेटो २०५८ गाविस कार्यालय बुइपा मेम्बर राई
५२ समय २०५९ सेमद टाइम, नेपाल, खोटाङ रमेशचन्द्र राई
५३ नित्याभास २०५९ – रमेश राई ‘गाउँले’
५४ नमुना मासिक २०६० खार्पा भोलाहरि धिताल
५५ चुचे ढुङ्गा विराटनगर रमेश अधिकारी
५६ पुमा (मासिक) २०६० काठमाडौँ प्रवीण पुमा
५७ तावा सुस्केरा २०६१ खिदिमा मनिता लोचन र अन्य
५८ सगरमाथा आह्वान २०६१ मुक्सन किरात विशेषाङ्क सुरेन्द्र राई
५९ नयन (गजलप्रधान) २०६१ हालसम्म खोटाङ गजल मञ्च चित्रकुमार सुवेदी, नवीन अभिशेष, विमला केयरलेस
६० अरूणिमा (हवाईपत्रिका) २०६१ रूपाकोट प्रकाशन डिल्लीराम राई, ‘नाकारा’
६१ मिरमिरे २०६१ खार्मी देवकुमार राई
६२ बिहानी २०६१ खैरसुङ्छा समूह, खोटाङ
६३ अन्तर्बोध २०६१ होमशंकर होमशंकर
६४ पूर्वको पशुपति ( काठमाडौँ बोधराज पौडेल
६५ शीतला विद्यालय र गुरु रामप्रसाद २०६१ स्मारिका शीतला मावि खाल्ले टङ्क भट्टराई
६६ सिर्जना २०६१ सिर्जनशील साहित्यिक समूह ,नुनथला एमसि सुमित
६७ सनराइज २०६१ खार्मी धनचन्द्र राई
६८ छहरा हलेसी जीवनजित राई
६९ काँचुली २०६२ कालिका मावि नेर्पा चित्रकुमार सुवेदी, वेदीकुमार राई
७० सिलौटी टाइम्स २०६२ काठमाडौँ प्रवीण पुमा
७१ प्रयास ( कतार रमेशचन्द्र राई
७२ परदेश (५ अङ्क) खोटाङ युवा समाज युएई नीरवचन राई
७३ सन्देश कतार रोशन थुलुङ राई
७४ झुल्को २०६२ श्रीमावि लक्याङ, खोटाङ भागवत घिमिरे
७५ खोटाङ सन्देश २०६२ कतार रोशन राई
७६ मधुरिमा २०६२ खोटाङेविद्यार्थी, काठमाडौँ लेकेन्द्र राई
७७ वाङ्मय २०६२ हालसम्म राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान, खोटाङ विष्णु आभूषण
७८ खोटाङ स्मारिका,हङकङ सन् २००७ खोटाङे समाज हङकङ भोगेन एक्ले
७९ साकेला दोहा, कतार विक्रम चेतनशील राई
८० अभियान कतार रमेश राई ‘गाउँले’
८१ विशेषांक २०६४ काठमाडौँ टीका चाम्लिङ
८२ सञ्जीवनी
८३ जंघार
८४ आँकुरा
८५ खोटाङ आवाज २०६४ नेकपा(एमाले) खोटाङ–काठमाडाँ सम्पर्क मञ्च गोपी खड्का र अन्य
८६ मियो २०६४ सामना प्रकाशन, नेपाल भोगीराज चाम्लिङ

८७ शब्दशिखा मासिक २०६६(हवाईपत्र) प्रभास समूह, काठमाडौँ
८८ टुवाखोला दोभान (त्रैमासिक) २०६५–हालसम्म् सिर्जनशील साहित्यिक मञ्च भूमिराज राई ‘मरुभूमि’, शकुन‘आँसु’ आदि
८९ लेखक साहित्यिक त्रैमासिक किरात राई लेखक सङ्घ, केन्द्रीय समिति –
९० खोटाङ चौतारी २०६६ खोटाङ महासमाज टङ्क भट्टराई, मिलनकान्छा राई आदि ।
९१ रावासावा २०६८–२०७० रावासावा प्राज्ञिक समाज (२) अंक धनप्रसाद सुवेदी, टंक भट्टराई, …
९२ शैक्षिक पैरवी २०६९ अस्थायी शिक्षक खोटाङ श्रीराम राई
९३ सितिमी (मासिक) २०७२ (चाम्लिङ भाषाको पत्रिका) तिलक चाम्लिङ
९४ रुपाकोट स्तम्भ २०७३ पर्यटन संरक्षण तथा संवर्धन समिति, खोटाङ सञ्जीत राई, एलबि मगर
९५ टेम्के– तुवाचुङ त्रैमासिक २०७४ प्रकाशक भोगेन एक्ले धनप्रसाद सुवेदी, सीता थुलुङ, नाकिमा नाकिम

खोटाङ जिल्लाको साहित्यिक विकासमा पत्रपत्रिकाको सन्दर्भलाई यसरी प्रस्तुत गर्न खोजेका छु । थपघट गर्नुपर्ने कुराको सुझाव पाऊँ है । (यसमा नयाँ विवरण धेरै छुटेका होलान्, पुराना पनि छुटेका हुनसक्छन्) ।( सम्पादन गर्न बाँकी छ) ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार