सुन्दर साल्तेम्मा (फोटो फिचर)


साल्तेम्मा हलेसी–तुवाचुङ नगरपालिका–५  खोटाङमा पर्छ । तात्कालिक दुर्छिम गाउँ विकास समिति वडा नम्बर १ मा पर्ने साल्तेम्मा नामकरणबारे दुई किंवदन्ती प्रचलित छन् ।

पहिलो किंवदन्तीअनुसार, परापूर्वकालमा साल्तेम्माको सिरानमा रहेको चन्डीडाँडासँगै सम्म परेको जमिन पृथ्वी हलचलका कारण केही भाग सड्केर तल झरेको थियो । जसलाई चाम्लिङ राई भाषामा ‘साटा ढा’ भनिन्छ । ‘साटा ढा’ बाटै साल्तेम्मा भएको बताइन्छ ।

दोस्रो किंवदन्तीअनुसार, परापूर्वकालमा त्यहाँ घनाजंगल थियो । जंगलबीचमा साल्पापोखरी नाम गरेको पोखरी थियो । पशुपक्षी पानी पिउन साल्पापोखरी पुग्थे । पोखरीवरिपरि बसोबास गर्नेलाई मासु खान मन लाग्दा पोखरीछेउछाउ लुकेर सिकार खेल्थे । चाम्लिङ राई भाषामा सिकार मार्न जानुलाई ‘सा तेम्मा’ भनिन्छ । ‘सा तेम्मा’ अपभ्रंश हुँदै साल्तेम्मा भएको भनाइ छ ।

होलेसुङपार्क र छापडाँडाबाट यस्तो देखियो साल्तेम्मा ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार